Lifestyle Portal
  •   १० श्रावण २०७८, आईतवार

Ncell कर काण्ड खास भएको के हो ?

१५ बैशाख २०७६, आईतवार १३:०४

निजि लगानीमा २००४ सालमा Mero mobile नामले स्थापना भएको दुरसन्चार क्षेत्रकै ठूलो संस्था हो अहिलेको Ncell. जुन समय नेपाली समाज संचार भन्दा धेरै टाढा थियो NTC र Sky को दादागिरी चल्थ्यो त्यो बेला Sky Sim निवेदन दिएको ३/४ महिना पाईन्थ्यो त्यो पनि ५,००० तिरेर त्यस्तै NTC को Sim अलि चाडै पाए पनि २,००० सम्म पर्थ्यो तर नेपालको सबै ठाउँमा राम्रोसँग टिप्दैन थियो त्यस्तो बिकाराल अवस्थामा सारा नेपालीहरुलाई जोड्ने पुलको रुपमा रु.१०० रुपैयामा नै गुणस्तरीय सेवा बोकेर मेरो मोबाइल नाममा नेपालमा दुर संचार प्रदायक निजि संस्था भित्रिएको थियो । स्पाइस नेपाल, टेलिया सोनेरा हुदै २०१६ अप्रिल १२ मा आजीयाटा ग्रुप संग स्वामित्व जोडिएर आएको Ncell ले सार्वजनिक दूरसञ्चार कम्पनी नेपाल टेलिकमको एकाधिकार तोडेको थियो ।

बिदेशी लगानी भित्राउन सरकारी तवर बाट विभिन्न हतकन्डा गरे पनि लगानीकर्ता आकार्षित नभएको अवस्थामा ठुलो बिदेशी लगानी भित्राएर १ करोड ६५ लाख नेपालीहरुलाई प्रत्यक्ष सेवा र अप्रत्यक्ष रूपमा थप १ करोड नेपालीहरुलाई निरन्तर सेवा प्रदान गरिरहेको Ncell ले करिब प्रत्यक्ष रूपमा १० देखि १५ हजार नेपालीहरुलाई रोजगार दिलाएको छ भने अप्रत्यक्ष लाखौंलाई आंशिक रोजगार दिलाएका Ncell ले नेपाल सरकारलाई बर्सेनि नियमित तिर्नु पर्ने अर्बौ कर अर्थात नेपालमा सबैभन्दा धेरै कर तिरी रहेको छ । यत्रो ठुलो कारोबार र ब्यापार रहेता पनि Ncell स्वामित्व हस्तान्तरणको क्रममा तिर्नु पर्ने आयकर नेपाल सरकारलाई अझै सम्म तिरेको छैन (जो खरिद बिक्रि गर्दा तिर्नु पर्छ) तथापि अदालतको फैसला संग संगै नेपालका ठुला दल र ठुला माछाहरु भ्रष्ट नीति र संरक्षणको कारण भएको हो किनकि शत्तिमा रहेका सबै राजनैतिक संगठनहरुले चुनावमा आफ्नो हैसियत अनुसार सहयोग लिएका थिए अझ भन Ncell सबैको चन्दाको लागी लैना भैंसी सरह हो भन्दा फरक पर्दैन ।

अहिले Ncell ले कर नतिरे सम्म बहिष्कार अभियान चलाई रहेका विद्यार्थी संगठनहरुको अभियान हेर्दा कतै परिचालित हुन कि भन्ने पनि जन मानसबाट सोच्न थालिएको थालिएको छ ।
कानुनी मुलुकमा नियम कानुन हुन्छ तर ती नियम कानुनको अन्तिम उपयोग नगरी ब्यत्ती तथा संस्थागत चरीत्रमा आच आउने गरि सर्बोच्चले stay order जारी गर्दा गर्दै सार्वजनिक ठाँउमा सिम जलाउनु यो आफैमा प्राकृतिक न्यायको सिधाान्त बिपरित हुन आउँछ ।

सरकारले चाहेको खण्डमा Ncell ले नतिरेको कर १ घन्टामा उठाउन सक्छ र त्यो पनि नभए सरकारले लाईसेन्स खोस्न सक्छ अझ भनौ १ सेकेन्डमा बन्द गर्न सक्छ तर किन सरकार मौन छ ? र ती विद्यार्थी संगठनहरुले सरकारलाई दबाब दिनु पर्ने कि Ncell लाई हो ? साथै Ncell बहिस्कार अभियान चलिरहेको बेला एक्कासि NTC ले पनि ब्यालेन्स सहितको सित्तैमा बितरण सुरु गरेको छ कतै यता पनि कैफियत भएको हो ? भनेर आसङ्का गर्ने प्रसस्त ठाँउ छ ।

देशमा शैक्षिक राजनैतिक तथा सामाजिक बेतिथिहरु छन् । शिक्षा महँगो भएर गरिबको पहुँचमा छैन, बलात्कार बढेर चेलिहरु सुरक्षित छैनन् , भ्रष्टाचार बढेर राज्य रित्तिएको छ, गुठी सरकारी जमिनहरु रातारात बेचिएको छ, बेरोजगार बढेर युवाहरु नेपालमा छैनन् , अत्याचारले सिमा नाघेको छ, सिमा मिचिएको छ, धर्म जाती क्षेत्र र लिंगको नामा विभेद बढेको छ अनि महङ्गीले नेपालीहरु हातमुख जोड्न धाउ धाउमा छन् ती सबै प्रसङगहरुमा मौन बसेर विद्यार्थी संगठनहरु आफ्नो सरकारले गरेको कमजोरी ढाक छोप गर्न बेरोजगार युवा र पढ्न अल्छी विद्यार्थी लिएर सडकमा सस्तो लोकप्रियताको लागि बिदेशी लगानी नै निरुत्साहित पार्ने गरि Ncell बहिष्कार भन्दै डुक्रन्छ ।
कठै मेरो देश ।
फेरि पनि एक पटक आवाज उठाउ !
कर नतिर्ने Ncell लाई होईन, कर नतिराउने सरकार र भ्रस्ट नेतालाई बहिष्कार गरौ !!
Shanti Raj Rai (MRR)

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म