
अमेरिकामा मुसलमान प्रतिको हेय किन यस्तो ?
१५ बैशाख २०७६, आईतवार १५:३०
अमेरिकाका वर्तमान राष्ट्रपतिले चुनावी दौरानकै क्रममा पनि आप्रवासी र अल्पसंख्यक समुदाय बिशेषत मेक्सिकन र मुसलमान बिरुद्धमा निकै कठोर बचन र प्रतिवद्धता पनि दिएका हुन् । यूरोप अमेरिका सर्वत्र मुसलमान प्रतिको हेयभावले भरिन थालेको छ, न्यूजिल्याण्डको मस्जिद आक्रमण अनि त्यसपछिको प्रतिकारमा भनिएको श्रीलंकाका चरणवद्ध आक्रमणहरु , बिश्व धर्मयुद्धको खतरामा त छैन भन्ने प्रश्न अहिले सबै तिर सुनिन थालिएको अवस्था छ ।
गत शुक्रवार अमेरिकाको क्यालीफोर्निया राज्यमा एकजना मानिसले बाटोमा हिँडिरहेका एकहुल मानिसको समुहमाथि आफ्नो गाडी चलाएर पैदलयात्रीहरुमाथि गाडी चलाइदिए । ३४ वर्षिय ईसाहलाई प्रहरीले समात्यो र किन यसो गरेको भन्दा उन्को जे उत्तर आयो त्यसले अमेरिकी समाजलाई त्राहिमाम पारिदिएको छ ।
उनले आफुलाई त्यस समुह मुसलमानको समुह जस्ते लागेकाले जानीजानी होशोहवासमा उनीहरुमाथि गाडी चलाएको बताए । अमेरिकी समाजमा आखिर मुसलमान प्रतिको यो हेय भाव किन ? ह्वाइट सुपरमेसीको कुरा भइरहँदा अमेरिकाको यस घटनाले बिश्वकै सर्वाधिक बिकसित देशहरुका समाजमा भएका बिभेद अनि हेलाको पराकाष्टा छताछुल्ल भएको छ ।
उक्त घटनामा एउटै परिवाका ३ जना गम्भीर घाइते भएका छन् । यसरी गाडी चलाएर पैदलयात्रीहरुमाथि आक्रमण गर्ने मान्छे अमेरिका ईराक युद्धका पूर्व सैनिक रहेका र अहिले उनी निकै धार्मिक भएर हरबखत बाइबल बोकी हिँड्ने भएको जनाइन्छ । प्रहरीको प्रारम्भिक रिपोर्टमा यि व्यक्तिको मानसिक अवस्था ठिक नभएको जनाइएको छ ।
सामाजिक सहिष्णुताको रक्षार्थ घाइते परिवारजनको परिचय र धर्म खुलाइएको छैन ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार