
ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ती खुल्यो, के चाहिन्छ योग्यता ?
१५ बैशाख २०७६, आईतवार १६:५०
नेपालीका लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ना खुलेको छ। वेलायती सेनाद्वारा जारी सूचनाअनुसार यो पटक धरान र पोखराबाट भर्ती लिइने जनाइएको छ।
ब्रिटिश गोर्खा एवं सिंगापुर पुलिसको प्रशिक्षण दिन भनेर खोलिएका संस्थाहरुसँग वेलायती सेनाको कुनै सम्बन्ध नरहेको सूचनामा जनाइएको छ । ‘प्रशिक्षण केन्द्रहरुको ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध छैन’, सूचनामा भनिएको छ, ‘प्रशिक्षण केन्द्रहरुमा भर्ना हुन महँगो परेको हुन सक्छ र गोर्खा भर्तीमा सफलताको कुनै ग्यारेन्टी छैन।’
यो वर्ष ब्रिटिश गोर्खाका लागि कम्तिमा ४३२ जना र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसका लागि १२० नेपाली युवा माग गरिएको छ। वेलायती सेनाले व्रिटिश गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ। तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भएकाहरुले छनौटमा जान पाउँछन् । त्यस्तै नयाँ एसइइ ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अग्रेजी र गणितमा सी गे्रडिङ अनिवार्य) ग्रडिङ भएको हुनुपर्नेछ। उमेर १ जनवरी २०२० सम्म कम्तिमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्ल्ेख गरिएको छ ।
उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्नेछ। छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ। यसैगरी चश्मा/कन्ट्याक लेन्स/लेजर सर्जरी स्वीकार्य हुने छैन।
दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ। अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ। भर्ती प्रक्रियामा दर्ता हुन मेसिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै