Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

कोहलीको RCB टोली IPL-12 बाट बाहिरियो, विजयी दिल्ली प्लेअफमा

१५ बैशाख २०७६, आईतवार २०:५२


टस जितेर ब्याटिङको निर्णय लिएका दिल्लीका कफ्तान श्रेयर अैयरको निर्णय सही सावित भयो । IPL-12 मा औसत खेल पस्किएको बिराटको टोलीको बलिङ स्पेलमा दिल्लीले एउटा सम्मानजनक रन स्वरुप ५ विकेट गुमाउँदै १८७ रन बनाउन सफल भयो ।

KKR विरुद्ध MI को खेल यहाँ हेर्नुहोस्ः

दिल्ली क्यापिटल्स (DC) ले रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) लाई IPL-12 को ४६ औं प्रतियोगितामा १६ रन ले हराउँदै प्लेअपको दौडबाट बाहिर गरिदिएको छ, १८७ रनको चुनौति सामना गर्न ओर्लिएको बैंगलुरुको ओपनिङ सुखद रहेपनि कुनै खेलाडीले पनि अर्धशतक समेत जोडन सकेनन । मध्यक्रमको निरन्तर विकेट खसिरह्यो जसका कारण बैंगलुरु अन्तिम् ओभरसम्म खेल्दै ७ विकेट गुमाएर केवल १७१ रन मात्र बनाउन सक्यो ।

दिल्ली क्यापिटल्सबाट हार बेहोरेको भारतीय कफ्तान विराट कोहलीले नेतृत्व गरेको टोली सिजन १२ को प्लेअफको दौडबाट बाहिर हुने दोश्रो टोली हो । चेन्नई सुपर किंग्स पछि दिल्ली क्यापिटल्स प्लेअफका लागि छनौट हुने दोश्रो टोली बनेको छ । दिल्ली क्यापिटल्सले १२ खेलमा ४ हार बाहेक ८ वटा जीत हासिल गरेसंगै अंक तालिकामा १६ अंक जोडेको छ । प्लेअफ अघि दिल्लीले अझै २ खेल खेल्न बाँकी छ ।

अंक तालिकाको सर्वोच्चमा आफ्नो नाम दर्ता गर्न सफल दिल्ली क्यापिटल्सको ठिक विपरीत रोयल च्यालेन्जर्स बैंगलुरुले खेलेको १२ खेलमा ८ हार तथा केवल ४ जीत दर्ता गर्न सक्यो जसका कारण IPL को १२ औं सिजनको प्लेअफको यात्राबाट बाहिरिनु पर्यो । ५० ओभरको विश्वकप क्रिकेटमा भारतको नेतृत्व गरीरहेका बिराट यस १२ औं सिजनको IPL को नतिजाका कारण मनोबल कस्तो रहने छ त्यो हेर्न बाँकी नै छ ।

दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी शा ले आज राम्रो प्रदर्शन गर्न सकेनन । दिल्लीले ३५ रन बनाउँदा पृथ्वी शा १८ रनको व्यक्तिगत स्कोरमा उमेश यादवको बलमा बैंगलुरुका विकेटकिपरलाई क्याच दिन पुगे । तै पनि दिल्ली आज बेग्लै मूडमा देखिन्थ्यो जसको झलक कफ्तान श्रेयस अैयर तथा स्टार खेलाडी शिखर धवनको अर्धशतकको सहयोगमा बैंगलुरु विरुद्ध ५ विकेटको क्षतिमा १८७ रनको विशाल स्कोर बनाउन सफल भयो । अैयरले ३७ बलको सामना गर्दै ३ छक्का तथा २ चौकाको सहयोगमा ५२ रन बनाएका थिए भने शिखरले यो सिजनको आफ्नो बेजोड खेलशैलीलाई निरन्तरता दिंदै IPL-12 को पाँचौं तथा लगातार तेश्रो अर्धशतक बनाएका हुन् ।

दिल्लीले आफ्नो ब्याटिङको अन्तिम् तीन ओभरमा ४६ रन जोडेको थियो जसको अन्तिम् ओभरको ६ बलमैं २० रन बनाउन सफल भएको थियो जसमा ४ चौका तथा ३ छक्का समावेश छन् । अन्तिम् ओभरमा क्रिचमा रहेका दिल्लीका मध्यक्रम शेफरेन रदरफोर्ड नटआउट रहँदै १३ बलमा एक चौका तथा तीन छक्काको सहयोगमा २८ व्यक्तिगत रन तथा अक्षर पटेलले ९ बल खेल्दै तीन चौकाको सहयोगमा १६ रन बनाएका थिए ।

बैंगलुरुका लागि युजवेन्द्र चहलले दुई विकेट लिए भने वाशिङ्टन सुन्दर, उमेश यादव तथा नवदीप सैनीले एक-एक विकेट लिन सफल भए ।

आज दिल्लीले आफ्नो टोलीमा एउटा परिवर्तन गर्यो । क्रिस मोरिसको स्थानमा सन्दिप लामिछानेले अन्तिम् ११ मा स्थान बनाउन सफल भए । तर अपेक्षा स्वरुप आजको यस तनावपूर्ण खेलमा सन्दिपले कुनै विकेट निकाल्न सकेनन् । ३ ओभर बलिङ गरेका सन्दिप लामिछानेले १२ को औशतमा ३६ रन खर्चिए ।

उता बैंगलुरुको टोलीले ३ खेलाडीलाई परीवर्तन गरेको थियो । मोईन अली क्रिकेट विश्वकप तयारीका इंग्ल्याण्ड फर्किसकेका छन् । त्यस्तै टिम साउदी तथा अक्षरदीप नाथको स्थानमा हेनरिक क्लासेन, शिवम दुवे तथा गुरकीरत सिंह मान प्लेईङ ११ मा परेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,