आईसील कार्यकर्ताले बलात्कार गरेका महिलाहरु बाट जन्मेका बच्चाहरु तिरस्कार गरियो


यो समाचार बडो अचम्म, दर्दनाक र पीडादायी छ । आईसील जुन पहिले आइसीस भनेंर चिनिन्थ्यो यस अतिवादि ईस्लामीक आतंकवाद समुहले ईराकका यजिदि समुदायका महिलाहरुमाथि निकै दमन र हिंसा गरेका थिए । यजिदि समुदाय पूर्णत मुसलमान भन्दा पनि प्रकृति पूजागर्ने र सनातन संस्कारसंग निकट रहेको समुदाय बताइन्छ । यस समुदायका महिलाहरु माथि आईसीलका कार्यकर्ताले बलात्कार, हिंसा र हत्यासम्म गरे र अहिले त्यस बलात्कारबाट जन्मेका बच्चाहरुको अवस्था र स्वीरोक्ती बिषयमा बिश्वभरि चर्चा चलेको छ ।
भर्खरै यजिदि समुदाय लगायत अन्य अल्पसंख्यक समुदायका धार्मिक नेताहरुले सूचना जारी गर्दै यजिदि समुहका बलात्कृत महिलाहरुलाई समुदायमा फेरि स्वीकार गरिने तर तिनीहरुबाट जन्मेको सन्तानलाई तिरस्कार गर्ने बताएको छ । प्रत्यक्ष रुपमा बच्चाहरु तिरस्कार गर्ने नभने पनि बलात्कारबाट जन्मेका बच्चाहरु तिरस्कार गर्ने भनिएको उक्त सूचनाले स्पष्टसंग यजिदि महिला बन्धकका बच्चाहरु प्रति प्रश्न गरेको हो । अन्य समुदायका महिलाहरुमा यस्तो ज्यायजती आईसीलले गरेको यति छैन जति यजिदि समुदायका महिलाहरुमाथि गरिएको पाइन्छ ।

यजिदि समुदाय निकै कडा छ, पछिल्लो समयमा ५ लाख यजिदि महिलाहरु बिभिन्न कारण र परिस्थितीमा बन्धक बनाइएको रेकर्ड थियो, अहिले त्यो झनै बढेको बताइन्छ । यो ५ लाख निर्दोष महिला र तिनीलाई जबरजस्ती करणी गरेर जन्माइएका लाखौं सन्तानको पहिचानको कुरा हो जस्मा धार्मिक नेताहरु संवेदनशील देखिएनन भनी बिभिन्न ईराकी सञ्चारमाध्यम ले नै जनाएका छन् ।
हुन त ईराकका अन्र्तधार्मिक परिषदका सर्वोच्च नेता हसिम ताहासिनले सबै धार्मिक नेताहरुलाई आईसील पीडित सबैजनालाई समाजमा खुल्ला हृदयले स्वागत गर्न सन्देश त दिएका थिए तर बास्तविकता फरक भयो । बिभिन्न मानव अधिकार संगठनहरुले यो कुरालाई बिरोध गरेका छन् । महिलाहरु आफ्नो विगत त भुल्न सक्लान पनि तर आफ्ना बच्चाहरु भनें छाड्न सक्ने अवस्थामा छैनन ।

लाइभमाण्डु


Loading comments...