
पाठ्यपुस्तकभरि त्रुटि नै त्रुटि, राष्ट्रपति र सभामुखको नाम समेत शुद्ध छैन
१६ बैशाख २०७६, सोमबार ११:५४
अमेरिकामा पिएचडी गरिरहेका अमर विक केही समयअघि रिसर्जका लागि नेपाल आउँदा छोरीको ‘त्रिज्योति मोरल एजुकेसन’ किताब हेरे । जब उनले छोरीको पाठ्यपुस्तक अध्ययन गरे तब उनलाई छाँगाबाट खसेजस्तै लाग्यो । छोरीले पढ्ने किताबभरि त्रुटि नै त्रुटि फेला प¥यो । अमरकी छोरी पोखरा सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन सेकेन्डरी स्कुल कक्षा ६ मा पढ्छिन् । आफ्नो छोरीको पाठ्यपुस्तकमा धेरै नै गल्ति देखेपछी उनलाई लाग्यो, ‘प्राइभेट स्कुलले कसरी विद्यार्थीको शिक्षामा खेलवाड गरिरहेका छन् ?’
उनले सामाजिक संजालमा कितावमा भएको गल्तिहरु देखाउदै पाठ्यपुस्तकमा भएको उक्त गल्तिको कारण निकै नै दुखि भएको बताएका छन् । उनी लेख्छन् प्राइभेट स्कुलहरुले कति सम्म निम्न स्तरका किताबहरु पढाएका छन् भन्ने एउटा उदाहरण हेरौं । यो पुस्तक कक्षा ६ को अंग्रेजी माध्यमको नैतिक शिक्षा, प्रा.डा. श्रीराम प्रसाद उपाध्यायद्धारा लेखिएको र त्रीज्योति प्रकाशन, काठमाण्डौद्धारा प्रकाशित हो । पोखराका नाम चलेका केही स्कुलहरुले यो किताब राखेका छन् ।
यो किताब पाठ्यक्रम, शिक्षण विधि वा शिकाइ सम्बन्धी पटक्कै ज्ञान नभएको तथा अंग्रेजी र लेखाइ सम्बन्धी पनि पटक्कै शीप नभएको मानिसले लेखेको हो भनेर ठोकुवा गर्न सकिन्छ । स्कुलहरुले यस्तो किताव कसरी लगाउन सके? तर यस्तो किताब परिवर्तन गराउन समेत गाह्रो रहेछ । स्कुललाई यो बारे सुचित गराएँ, तर परिवर्तन गर्नमा वास्ता गरेन भने महानगरपालिकाले हामी केही गर्न सक्दैनौं भन्छ । कस्तो अचम्म । म जस्तै अन्य अभिभावकरुलाई पनि यो कुरा थाहा होस भनेर फेसबुकमा राख्दै छु । म त रुन पनि सकिन, हाँस्न नि सकिन । दुई तीनवटा प्रश्नहरु देख्दा त साँच्चै हाँसे पनि ।
१, यो किताबमा अंग्रेजी भाषा र लेखाइको त कुरै छोडौं । राष्ट्रपति र सभामुखको नाम समेत शुद्ध छैन । गतल अर्थ लगाउने वाक्यहरु त कति छन् कति । एकै पेजमा १०/१५ वटा त्रुटिहरु भेटिन्छन् । कतिपय वाक्यहरु त बुझ्नै नसकिने खालका छन् । (हेर्नुहोस पेज ३)
२, ग्लोसरी भन्ने शब्द अर्थ छ । त्यसमा भएका कुनैका शब्दको अर्थ पनि मिलेका छैनन् । (पेज ५)
३, सारै हाँसो उठरदो त के छ भने दुइवटा प्रश्नहरु छन् । तिनीहरु एउटाले वर्ड ब्याङ्कको वाक्यांश राखेर वाक्यांशमा कतिवटा शब्दहरु छन्, कुन कुन शब्दहरु दोहोरिएका छन् भन्ने जस्ता प्रश्नहरु छन् (पेज ७) र भने अर्कोमा त भुकम्प सम्बन्धी एउटा कविता दिइएको छ । र प्रश्न चाहिँ त्यो कवितामा कतिवटा अक्षरहरु छन् र कुन अक्षर सबैभन्दा बढि दोहोरिएको छ भन्ने छ (पेज ८) ।
४. अर्को एउटा प्रश्न छ नर्सरीको बच्चालाई सोध्ने जस्तो । एउटा केटा र एउटा केटीको तस्विर दिइएको छ र ति दुइटा तस्विरहरुबीच फरक र समानता छुट्याऊ भन्ने छ । (पेज ६)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा