
साङ्गीतिक सलामीका साथ बिदा भए नेपाली सङ्गीतका ‘बज्र’ (भिडियो)
१६ बैशाख २०७६, सोमबार २२:०४
हृदयघातले ढलेका बिजु बज्र (बिजुप्रसाद बौद्धचार्य) नेपाली साङ्गीतिक नक्षत्रका बज्रभन्दा कम थिएनन । वहाँले रच्नुभएको सङ्गीतहरु यूगीन सदाबहार पप तथा आधूनिक गीतहरु कालजयी बनेका छन् । फत्तेमानको स्वरमा ‘झरी परीरह्यो’ होस् चाहे त्यो सुगम पोखरेलको ‘तिमी म भन्दा कोशौं टाढा छौ’ अथवा रेशमा सुनुवारको ‘मै ठूली भैछु रे, आइदेऊ घुम्टी ओढाइदेऊ’ या कर्णदासको ‘विस्तारै छायो आँखामा अँध्यारो’ या विधान श्रेष्ठको ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’ जस्ता कर्णप्रिय गीतमा उनको सङ्गीत अथवा संयोजनले जीवन दिएको छ ।
आफ्नो अमर रचनाहरुले लाखौंको हृदयमा ढुकढुकी भर्न सफल बिजुलाई भने आफ्नै हृदयले पटकपटक धोका दिईरह्यो । हृदयघातका कारण काठ्माण्डौस्थित सिभिल अस्पतालमा अन्तिम् साँस लिएका बज्र किहल्यै नफर्किने गरी ४८ वर्षको उमेरमैं हामीबाट कोशौं टाढा हुनुभयो ।
विक्रम सम्वत् २०२८ साल, गुल्मिको बामी, टक्सारमा जन्मिएका सङ्गीतकार बिजु बज्र गीत लेखन, सङ्गीत संयोजन तथा सङ्गीत रचनामा पोख्त थिए । सङ्गीतमा वहाँको यात्रा विक्रम सम्वत् २०४९ सालमा रेडियो नेपालमा दिएको स्वर परीक्षाले प्रारम्भ गर्यो र यो अविरल यात्रा विक्रम सम्वत् २०७६ बैशाख १५, आइतबार विहान ६ बजेको हृदयघातका कारण उपचारकै क्रममा विराम लियो ।
वहाँको अन्तिम् यात्रमामा आफन्त, सयौं सुभेच्छुक, श्रम मन्त्री गोकर्ण विष्ट तथा सयौंका संख्यामा रहेका सङ्गीतकर्मीहरुको साङ्गीतिक सलामीका साथ विदाई भएको छ । बिजु बज्रको पार्थीव शरीरमा सङ्गीतकार संघ नेपालको झण्डा ओढाएर प्रारम्भ भएको उनको साङ्गीतिक सलामीमा बरिष्ठ सङ्गीतकार शम्भूजीत बास्कोटा, राजु सिंह, जेम्स प्रधान, सुगम पोखरेल, बसन्त सापकोटा, सन्तोष लामा, धर्मेन्द्र सेवा, राजनराज सिवाकोटी सहित सयौं सङ्गीतकर्मीले उनकै अमर सङ्गीत “बिस्तारै छायो आँखामा अँध्यारो” गाएर श्रद्धासुमन अर्पण गरेका थिए ।
सङ्गीतकार तथा गायक जेम्स प्रधानले फेसबुकबाट वहाँको अन्तिम् श्रद्धाञ्जली साङ्गीतिक सलामीसहितको भिडियो सार्वजनिक गर्दै लेख्नुभएको छ, ‘हाम्रा संगीतकार बिजु बज्रलाई अन्तिम् श्रद्धाञ्जली’
त्यस्तै उनकै सङ्गीतमा कर्णप्रिय स्वर भरेका सुगम पोखरेलले पनि बिजु बज्रलाई सम्झिदै फेसबुकमा लेख्नुभएको छ, ‘तिमी म भन्दा कोशौं टाढा छौ… भावपूर्ण श्रद्धाञ्जली मित्र बिजु बज्र… अर्को आयाममा भेट होला…’
सङ्गीतकार टिका भण्डारी लेख्नुहुन्छः
कवि उषा शेरचन लेख्नुहुन्छः
भावपूर्ण श्रद्धाञ्जली !!
संगीतकार बिजु बज्र भाइको अन्तिम बिदाइमा संगीतकार संघको अगुवाइमा उहाँकै अमर गीत ‘बिस्तारै छायो, आँखामा अँध्यारो…’ (स्वर- कर्ण दास, शब्द- नरेशदेव पन्त) दिइएको यो श्रद्धाञ्जलीले निकै भावुक बनायो । र, सच्चा श्रद्धाञ्जली अर्पण गरेको अनुभूति पनि भयो !!
गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले वहाँको संक्षिप्त जानकारीसहित श्रद्धासुमन व्यक्त गर्नुभएको छः
“अन्तिम् श्रद्धाञ्जली अन्तिम् विदाई”
सबै तस्वीरहरु सङ्गीतकर्मी तथा गायक जेम्स प्रधानः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले