Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

ब्ल्याक होल, प्राचिन बिज्ञान अनि आधुनिकता

१७ बैशाख २०७६, मंगलवार ०६:३०


शुरु गरोैं केहि अन्तराष्ट्रिय गीत, गायन अनि चलचित्रहरु बाट जसमा ब्ल्याक होलका कुराहरु र ब्रह्माण्डको यात्रागत कुराहरु समेटिएका छन् । सन् १९७७ ताका क्यानडाको रक संगीत समुह रशले आफ्नो गीतहरु बाट ब्रह्माण्डको यात्रीको यात्रा वयान गरेक थिए । ति यात्री सिग्नस एक्स १ नामक ब्ल्याक होलमा हराएका हुन्छन् । पछि यस गीतको भाव र भिडियोलाई ग्रीक मिथोलोजीसंग जोडिएको पाइन्छ ।

सन् २०१४ को चलचित्र ईन्टरस्टेलर बर्महोलमा पृथ्वीबाट १० बिलियन लाइट वर्ष परको गारगेन्टुवा नामक ब्ल्याक होलको परिकल्पना गरिएको छ जुन पृथ्वीभन्दा लगभग मिलियन गुणा ठूलो भनिन्छ । हलिवुडका कथा अनि प्राचिनतम बिज्ञानका उदहारण र वैदिक परम्पराले ब्ल्याक होललाई मानव संझनामा जीवित राखेको छ ।

चाहे वैदिक कालका लेखकहरु हुन् या चलचित्रका फिक्शन कलम चलाउनेहरु या गीतकारहरु नै किन नहुन ब्रह्माण्डको भिमकाय स्वरुप र रहस्यले सबैको चिन्तनलाई तानेकै छ । ४ बिलियन सोलार मासहरुको तौल र संरचना भएको ब्ल्याक होल हाम्रै मिल्की वे ग्याल्यक्सीमा छ जससम्म पुग्न प्रकाशको गतिमा गएपनि हामीलाई २७ हजार वर्ष लाग्दछ ।

बिचमा भएको खोक्रो आवरणमा ब्ल्याक होलले प्रकाश, बस्तु या गुरुत्ववललाई नै तानेर लिएर जान्छ, ब्ल्याक होलको अवस्थिती र तस्वीरमा मात्रै पनि केहि हप्ता अघि विश्वभरि चर्चा भयो, हैन र ?
तस्वीरमा यी होलहरु सुनौलो रंगका औंठी झैं देखिए, बिचमा भनें कालो भागले छोपिएको देखियो । अब सोचौं सूर्य भन्दा ६ दशमलव ५ बिलियन गुणा ठूलो यी होलहरु को तस्वीरसम्म प्रकाश पुगेर तस्वीर लिन कति समय लाग्यो होला ?

बास्तवमा भन्ने हो भनें ति तस्वीरहरु प्रकाशको गतिको आधारमा ५५ बिलियन वर्ष अघिका तस्वीरहरु हुन्, प्रकाश त्यहाँ पुगेर आँउदा र तस्वीरमा कैद हुँदा समय त्यति परकोमात्र कैद हुन्छ । ब्रह्माण्डमा समयको जोर चल्दैन अनि ब्ल्याक होलमा अन्तको पनि अन्त र शुरुवातको अग्रिम शुरुवात हुन्छ ।

शिवको महाकाल स्वरुपलाई यी होलहरुसंग तुलना गरिएको हजारौं वर्ष अघिका ग्रन्थहरुमा लेखिएको पाइन्छ । महाकाललाई कालो रंग र गोलो चक्रिय स्वरुपमा पुजा गरिन्छ । प्राचिनतम बिज्ञानमा सबै कुरालाई चेतना र बिवेकमा समावेश गरेर ब्याख्या गरिएको पाइन्छ र यस्ता ब्याख्याहरु हिन्दु, बौद्ध र ताओरज्ममा पाइन्छ । एकात्मकता र निराकारताको पैरवी गरिएको दर्शनहरुमा ब्रह्माण्ड समग्र स्वरुप नै एकै शक्तिको संरचना भएको बताइन्छ । ब्रह्माण्डको यो संग्रह र बिग्रहको चक्रलाई लिला भनि सनातन संस्कारमा ब्याख्या गरिएको पाइन्छ ।

१२ औं शताब्दीका ईरानी कवि रुमीले त मान्छे स्वयममा एउटा ब्रह्माण्ड हो भनी ब्याख्या गरिदिएका छन् । ब्रह्माण्ड कहिलेकाँही समाजशास्त्री ईज फर्याकंको सिस्टम थियोरी झैं पनि लाग्दछ जहाँ हरेक सिस्टम भित्र अर्को सिस्टम पाइन्छ । जे होस् ब्रह्माण्डका हरेक अवयवहरु एकात्मक शक्तिका स्वरुप र संग्रह र बिग्रह चक्रका आधारहरु हुन् ।

यहाँ हरेक कुराको हरेक कुरासंग नाता छ, एउटा बिग्रहले अर्को संग्रह गर्न सक्दैन । ईँटाको भित्ता झैं ब्रह्माण्डीय शक्तिहरुको संरचना एकअर्कामा निहित छन्, यो गुरुत्ववलको ईकोसिस्टम हो भन्दा फरक नपर्ला ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै