
सगरमाथामा गाउँ चिनाउँने झण्डा फहरिने
१७ बैशाख २०७६, मंगलवार १०:१८
मुलुकका प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने प्रयास अनुरुप किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले आफ्नो आरोहणको १४ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथामा गाउँ चिनाउँने झण्डा फहराउने छन् । विगत चार महिनादेखि वि विल राईज फाउण्डेसनले ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता संचालन गरीरहेको छ । यसै अभियानको अन्र्तगत ‘मेरो गाउँ मेरो ठाउँ’ उल्लेखित झण्डा सगरमाथामा फहराइने भएको हो । फुर्वा सोमबार विहान सगरमाथा बेसक्याम्पतर्फ प्रस्थान गरेका छन् ।
हालै सगरमाथामा लगिने झण्डालाई राष्ट्रिय सभा सांसद कोमल ओली, भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, फुटबल टिमका पुर्व कप्तान राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल र फ्रान्सका लागि पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले आरोही शेर्पालाई हस्तान्तरण गरेका थिए ।
भिडियो च्यालेन्जमा भाग लिने तरिका
प्रतियोगीले गाउँठाउँमा ओझेलमा रहेका कुनै स्थान, पर्व, कला, संस्कृति, खानपान, भेषभूषा लगायतका कुनैपनि विषयमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो तयार पार्न सक्नेछन् । एक प्रतियोगीले एक वा एकभन्दा बढी भिडियो समावेश गर्न पाउँने समेत प्रावधान छ । देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पाउने छ । दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ।
साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/ २५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।
कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फर्म भर्नुपर्ने छ । यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ । यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिवालयले समेत सहयोगी भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा