
श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध
१७ बैशाख २०७६, मंगलवार ११:२७
ईस्टर बमकाण्ड पछि श्रीलंकामा सरकारले अनुहार छोप्ने बुर्का लगाएर हिँड्न प्रतिबन्ध गरिदिएको छ । अल्पसंख्यक मुसलमान समुदायका महिलाहरुको धार्मिक अनि सांस्कृतिक महत्व भएको पहिरनमाथिको यो रोकले धेरैको मन दुखेको मात्र नभई स्वतन्त्रतामाथिकै हनन भएको सम्म भनिएको छ ।
बुर्का, निजाब या हिजाब भनिने यी अनुहार छोप्ने पहिरनहरु अब श्रीलंकामा लगाएर हिँड्न नपाइने भएको छ । बुर्काले सम्पूर्ण शरीर नै ढाक्दछ भनें हिजाबले भनें केवल कपाल मात्र छोप्ने गरिन्छ अनि निजाबले भनें केवल अनुहार मात्र छोपिन्छ । यसै सोमबार अर्थात अप्रिल २९ बाट यो नियम कार्यान्वयन भएको हो । राष्ट्रपति स्रिसेनाले सबै नागरीकहरुको अनुहार र पहिचान सहज हुनुपर्ने र पर्दाको आडमा कसैको पहिचान नलुकोस भनेंर यसो गरेको बताएका छन् ।
उता श्रीलंकाका ईस्लामीक अध्ययन केन्द्रका मुख्य मान्छे शेख अक्रम नोरामिथले धार्मिक स्वतन्त्रता हनन गर्ने यस नियमका बारेमा न्याय मन्त्रालयमा गएर कुरा गरेको बताएका छन् । दक्षिण एसियाको कूल जनसंख्यामा १० प्रतिशत जनसंख्या मुसलमान समुदायको छ । श्रीलंकाली सरकारको यस निर्णयमा मुसलमान समुदाय उति खुशी नभएको भनें प्रष्ट छ, हेर्दै जाँउ आगामी दिनमा यस ब्यानले कस्तो परिणाम ल्याउनेछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग