सत्यमोहन जोशीको सम्मानमा बैशाख ३० गते ललितपुरमा सार्वजनिक बिदा


शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी ९९ वर्ष पुगेर १०० बर्ष लागेको अवसरमा बैशाख ३० गते उनको सम्मान स्वरूप ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । उक्त दिन महानगरपालिका अन्तर्गतका सबै कार्यालयमा उनको सम्मानमा सार्वजनिक विदा हुनेछ।

महानगरपालिकाले उनको सम्मानमा पाठयपुस्तकमा जीवनी समावेश गर्ने, तस्बिरअंकित चाँदीका मुद्रा निष्कासन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्नेलगायत २२ कार्यक्रम पनि सार्वजनिक गरेको छ । सत्यमोहनलाइ ९५ वर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो ।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा विस १९७७  वैशाखमा ललितपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संस्कृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन्।


Loading comments...