Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

थाई राजाको एक्कासी बिवाहको घोषणा

१९ बैशाख २०७६, बिहीबार १०:०६


थाई राजा महा बिज्रलोकोनले भर्खरै आफ्नो व्यक्तिगत सुरक्षादस्ताकी प्रमुख महिलालाई रानी सुथाइदाको नाम दिएर बिवाहको घोषणा गरेका हुन् । यो राजाको औपचारीक राज्याभिशेकको केहि दिनअघिको मात्र कुरा हो ।

बुधवार थाई राष्ट्रिय टिभी च्यानलहरुले उक्त बिवाहका झल्कोहरु देखाएका थिए । यी क्लीपमा भर्खरै घोषित रानी सुथाइदाले राजाले फुलका गुच्छाहरु दिएको र राजाबाट राजकीय उपहारहरु पाएका क्लीपहरु रहेका छन् । राजा रामा १०शौं का नामले प्रख्यात राजा महा बिज्रलोकोनको उमेर ६६ वर्ष भयो, राजा भूमिबोल अदुलयादेजको सन् २०१६ को अक्टोबरमा भएको निधनपछि रिक्त थाई सिंहासन अब छिटै पूर्ति हुँदैछ । बौद्धमार्ग अनि सनातन परम्परा दुबैबाट राज्यभिशेक गरिएपछि राजा महा बिज्रलोकोनलाई आगामी शनिवारबाट सिंहासनमा बिराजमान गराइनेछ । सन् २०१४ मा राजा महा बिज्रलोकोनले थाई एयरल्याण्डकी पूर्व परिचारीका सुथाइडा टिटजाईलाई आफ्नो ब्यक्तिगत सुरक्षा समुहमा समावेश गराएको बताइन्छ । सन् २०१६ डिसेम्बरमा सुथाइडा क्रमानुसार थाई आर्मीको फुल जनरल भएको र सन् २०१७ मा राजा महा बिज्रलोकोनको सुरक्षा समुहको डिपुटी कमाण्डर भएको देखिन्छ ।

सन् २०१४ मा राजा महा बिज्रलोकोनले पूर्व पत्नीसंग समबन्धबिच्छेद गरेको देखिन्छ, उक्त पत्नीसंग राजाको एक छोरा पनि छन् । राजा महा बिज्रलोकोनका सुथाइडा बाहेक ३ जना पूर्वपत्नीहरु छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग