पाँच मिनेटमा मस्तिष्क स्वस्थ कसरी राख्ने ?


व्यस्तता बढेसँगै हामीले हाम्रो शरीरको हेरचाह गर्न छाडिदिन्छौँ । शरीरलाई जति आराम र तन्दुरुस्ता मस्तिष्कलाई पनि चाहिन्छ भन्ने जान्दाजान्दै पनि ख्याल गर्न सक्दैनौँ वा जान्दैनौँ ।

अध्ययनले देखाएअनुसार मानिस २५ देखि ३० वर्षको उमेरमा ढल्किदैँ जाँदा, मस्तिष्कको विकास रोकिँदै जान्छ भने कति कार्य क्षमता गुमाउँदै जान्छ । युसीएलएको नसा सम्बन्धि विभागका चिकित्सक डा. फ्लोरियन कुर्थका अनुसार, “२४ देखि २५ वर्षको भएपछि मानिसको दिमागको आकार पनि सानो हुँदै जान्छ । हामीले लामो समयसम्म यो कुरा चाल पनि पाएका हुँदैनौँ । बिस्तारै कुराहरु बिर्सिन थालेपछि मात्र यसको सुइँको पाउँछौँ ।”

डा. कुर्थ लगायतका उनको समूहले गरेको अनुसन्धानमा ५० जना दिनहुँ ध्यान गर्ने मानिस र ५० जना ध्यान नगर्ने मानिस छानेर परिक्षण गरेका थिए । सो अध्ययनमा ध्यान नगर्ने मानिसको भन्दा ध्यान गर्ने मानिसहरुको मस्तिष्कको वजन धेरै रहेको पत्ता लगाएका थिए ।
हार्भड मेडिकल स्कुलका नसाविज्ञ डा। सारा ल्याजर र उनको टोलीले लामो समय लगाएर ध्यानमा अध्ययन गरेका थिए । ध्यान गर्दा मस्तिष्कमा आठ हप्तामा नै परिवर्तन देखिन थाल्ने उनीहरुको अध्ययनले देखाएको थियो । ध्यान नगर्ने मानिसहरुले ध्यान गर्न सुरु गरेको आठ हप्तामा उनीहरुको मस्तिष्कको चार भागहरु बाक्लिँदै गएको स्क्यान गरिएको तस्बिरहरुमा देखिएको थियो ।
यसकारण मस्तिष्कलाई स्वस्थ राख्न ध्यान अति आवश्यक छ भनेर पुष्टि भइसकेको छ । ध्यान सुरु गर्नका लागि तपाईँले यी तीन कदम चाल्न सक्नुहुनेछ ।

१. ध्यान गर्ने कुनै एक शैलीको पहिचान गर्नुहोस् र यसलाई बानी बनाउनुहोस् ।
डा. कुर्थका अनुसार ध्यानले संज्ञानात्मक क्षमताहरुको अभिवृद्धि गर्दछ र तनाव घटाउन मद्दत गर्दछ । ध्यानले लामो समयसम्म पु¥याउने सुरक्षात्मक प्रभाव हामीले थाहा पाउन नसके पनि, यसले तत्काल प्रदान गर्ने लाभहरुको बारेमा भने हामी जानकार हुन सक्छौँ ।
उनले हामीलाई प्रभावकारी हुने ध्यानको शैली पहिचान गर्न सुझाउँछन् । यसका लागि कुनै योगा वा आफ्नो वरिपरि भइरहेका घटनाहरुबारे सचेत हुने क्रियाकलापहरु हुन सक्छन् । आपूmलाई पायक पर्ने सर्वोत्तम विधि वा शैलीको पहिचान गर्छु र मात्र सुरु गर्छु भन्दै गर्दै छोड्ने गर्नुभन्दा पनि आपूmलाई प्रभावकारी लागेको कुनै शैली चिनेर अभ्यास थालिहाल्न पनि डा. कुर्थ सल्लाह दिन्छन् । त्यस्तै, डा। ल्याजरले पनि धेरै अन्तरालको समयमा धेरै बेर ध्यान गर्नुभन्दा पनि हरेक दिन बरु पाँचदेखि दश मिनेट ध्यानमा बस्दा बढी प्रभावकारी हुने बताउँछिन् ।

२. समय छुट्याउनुहोस् ।
यसका लागि हामीसँग समय नै कहाँ छ र भनेर पन्छिन सबैभन्दा सजिलो छ । यसकारण ध्यान गर्नुलाई पनि दाँत माझ्नलाई पाँच मिनेट छुट्याए जसरी छुट्याउनुपर्छ । दाँत कुहिन्छ भनेर जति चनाखो हुन्छौँ, हाम्रो मस्तिष्कको स्वास्थ्यको लागि पनि हामी चनाखो हुनपर्छ । तपार्इँ काम गर्ने अफिसको कुर्सीमा बसेर, गाडीमा बस्दा, हिँड्दा, कहीँ थकाइ मार्न बस्दा पनि यो काम गर्न सक्नुहुन्छ । आपूm एक्लो हुन सक्ने कुनै स्थान र समय छुट्याउन नहिचकिचाउनुहोस् ।

३. यी सरल अभ्यासबाट सुरु गर्नुहोस् ।
योगा तथा ध्यानका प्रशिक्षक एलेक्सिस पियर्सका अनुसार ध्यानपूर्वक सास फेर्ने बानीले बिस्तारै दिमागको एकाग्रता बढाउन सहयोग गर्छ । दिमागलाई हाम्रो सास तथा शरीरमा ध्यान केन्द्रित गर्नका लागि यो विधि प्रभावकारी हुन्छ । यसले भूत र भविष्यको तनावबाट मुक्त भई वर्तमानमा केन्द्रित हुन सहयोग गर्दछ साथै, यसले मस्तिष्कलाई शान्त र आनन्दित राख्दछ ।
यसका लागि यी दुई वटा विधिबाट मात्र पनि सुरु गर्न सकिन्छ ।

क) आँखा बन्द गर्नुहोस् , आँखाको बीचमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र यो क्षेत्रमा अंग्रेजी अक्षरको भी आकारको कल्पना गरी सोही क्षेत्रमा हावा छिरेको र निस्केको पनि कल्पना गर्नुहोस् । सास तान्दा त्यो भी आकारलाई निधारमा सारेर निधारमा छरेको कल्पना गर्नुहोस् भने सास फ्याँक्दा फेरी त्यो आकारलाई आँखाको बीचमा नै सार्नुहोस् । यसो गर्दा तपाईँले यी क्षेत्रहरुमा अक्सिजन प्रदान गर्नुहुनेछ र शान्त अनुभव गर्न सक्नुहुनेछ ।

ख) अर्को विधि, आँखा बन्द गर्नुहोस् , लामो सास तानेर पेटसम्म पु¥याउनुहोस् । यसरी सास तान्दा छाती फुल्दै, माथिल्लो छाती र घाँटीमुनिको हाडसम्म लानुहोस् । एकछिन सास रोक्नुहोस् र ३ गन्तीमा माथिल्लो छाती, छाती हुँदै पेटसम्म पु¥याएर सास छोड्नुहोस् ।
यो अभ्यास गर्दा सास पेट, छाती र माथिल्लो छातीमा सरेको अनुभव गर्नुहोस् । यसरी अनुभव गर्नुहुँदा आनन्दित महसुस गर्न सक्नुहुनेछ ।
हरेक दिन पाँचदेखि १० मिनेट मात्र यो अभ्यास गर्नुहुँदा मात्र पनि मस्तिष्कले आराम पाउँछ र मस्तिष्कलाई स्वस्थ राख्न सक्नुहुनेछ । यसबाहेक आपूmलाई पायक पर्ने वा आपूmले जानेको कुनै सरल विधि छ भने, त्यो नै अप्नाउन सक्नुहुनेछ तर यो दिनहुँ नै गर्नुपर्छ ।


Loading comments...