Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

साईक्लोनको असर : पूर्वि भारतमा २ जनाको मृत्यु र दशौं लाख बिस्थापित

२० बैशाख २०७६, शुक्रबार १४:०९


शक्तिशाली साईक्लोनले पूर्वि भारतको तटिय क्षेत्रलाई नराम्रो संग प्रभावित गरेको छ । २०० किमी प्रतिघन्टाको दरको हावा चल्दै बाक्लो बर्षा भएको र जनजीवन प्रभावित भएको खबर छ । लाखौं जना मान्छेहरुले सुरक्षित स्थानमा वास लिएका छन् र सरकारी संयन्त्रहरुले नै जोखिमयूक्त ठाँउबाट मान्छेहरुलाई स्थानान्तरण गरेको हो ।

ओडिशा प्रान्तका राहत कमिश्नर बिष्णुपादा सेठीका अनुसार एकजना वृद्धको सेल्टरमा रहँदा हृदयाघातका कारणले र अर्का एकजना अरुको कुरा नसुनी बाहिर निस्कँदा रुखले किचेर मृत्यु भएको बताएका छन् । शुक्रबार बिहान ८ बजेको आसपासमा ओडिसामा यो साइक्लोन आँधी आएको हो, समुन्द्रको तटबाट जमिनभित्रको ६० किमी सम्म यस आँधीले रुखहरुलाई जरा उक्लने गरि भत्काएको, भुवनेश्वरमा त बिजुलीका पोलहरु सम्म उल्टाएको खबर छ । कोलकाताको पनि बन्दरगाह बन्द गरिएको छ ।

पूर्वि नेपाल लगायत काठमाण्डौमा पनि केहि बर्षा अनि अध्याँरो मौसम देखिएको छ , पूर्वका बिराटनगर, धरान लगायत निजगढ बारा र चितवनसम्म पनि बर्षाका खबर र आँधीहुरीका केहि असरहरुको खबर छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले