वामन अवतार


दन्त्यकथा र वैदिक कथामा फरक छ, श्रुृति एउटा गज्जबको मानविय गुण हो । श्रुती अर्थात सुनेर गरिने सम्झना अनि सम्झनाले कथाका रुपमा सुनाइएको घटनाक्रम अनुसार पुस्तौंपुस्तासम्म कथा र पात्रहरु जिवीत रहन्छन् । फेरि कथें कि दन्त्यकथा र वैदिक कथामा फरक छ, वैदिक कथामा सार हुन्छ अनि एउटा दृष्टान्त । यस दृष्टान्तमा मानवता अनि मानविय अवयवहरु लुकेका हुन्छन्, केहि विज्ञान अनि केहि ज्ञानका साथमा । दन्त्यकथा एउटा फिक्शन हो जहाँ ज्ञाज हुन जरुरी छैन, आउनुहोस आज वैदिक कथाको एउटा भगवानको अवतारको वर्णन गरौं ।

वामन अवतार
वामन अवतारको उदेश्य नै राजा वालीले दु ख् ख दिएका देवताहरुको मुक्ति गर्नु थियो । अनि मुख्य कुरा युद्ध जित्नलाई अनि धर्मलाई पूर्नस्थापित गर्नुलाई कुनै नायकरुपमा बिशिष्ट शक्तिशाली मान्छे नभईकन सामान्य सानो कदको मान्छेका रुपमा वामन अवतारलाई अघि सारिएको छ । अहिलेको प्रजातन्त्र र समावेशीताको भाषामा हामी यसलाई थप उत्साह अनि उत्सर्गका रुपमा आँउदा पिढिँलाई ज्ञान दिन सक्दछौं । उनी राजा वालीसंग जोरी खोज्न या झगडा गर्न गएका पनि हैनन, उनी त राजा वालीसंग केवल उपहार लिन सामान्य अनि सहज रुपमा गएका हुन् । राजा वालीको त्रिभूवन जितेका घमण्डलाई एउटा सामान्य वामन अवतारले चुरचुर गराइदिए, यो भन्दा ठूलो समावेशिताको दृष्टान्त के हुन सक्ला र ?

देवताहरुकी आमा अदिती आफ्ना छोराहरुको पीडादायि अवस्थाले चिन्तीत हुन्छिन, कश्यपसंगको वार्तालापपछि अदितीले पयोव्रत राख्दछिन । यस १२ दिने व्रतलाई विष्णुको सर्वप्रिय भक्तहरुले लिने व्रत मानिन्छ र यस व्रत लिएपछि विष्णु स्वयम अदितीलाई वरदान दिन प्रकट हुन्छन् । त्यसपछि भगवान विष्णुले अदितीलाई उनको पुत्रका रुपमा जन्म लिने वरदान दिन्छन् । यसै वरदान स्वरुप वामन अवतारको जन्म हुन्छ । वामन अवतारको जन्म श्रावणको द्धादशी तिथीमा अभिजित समयमा हुन्छ । वामन अवतारको उपनयन श्रृषिहरुको सहभागितामा वडो वैदिक रुपमा हुन्छ । उपनयन पश्चात वामन अवतार वालीको अश्वमेघ यज्ञको उज्ञशालातर्फ जान्छन्, त्यपछिको घटनाक्रम त हामी सबैलाई छर्लगं छ । आजका चलचित्रहरुको नायकहरुको तुलनामा हजारौं वर्षअघिका यि वामन अवतार निकै साना, कमजोर र पत्यारिला सम्म छैनन तर धर्मको स्थापनाका लागि शक्ति हैन सत्यको पक्ष जरुरी छ भन्ने कुरा वामन अवतारले स्थापित गरिदिएका छन् ।
सुयोग ढकाल


Loading comments...