
सुडानमा राष्ट्रपतिलाई नै आतंकवादलाई प्रश्रय दिएको आरोप
२१ बैशाख २०७६, शनिबार ११:००
यस्ता घटना अत्यन्त न्यून हुने गर्दछ जहाँ राष्ट्रपतिलाई नै आफ्नै देशभित्र आतंकवादलाई लगानी गरेको या युद्धलाई उब्जाएको अनि आतंकवादलाई प्रश्रय दिएको आरोप लाग्दछ । तर सुडानमा अहिले यस्तै भएको छ । गत महिनामात्रै अपदस्त राष्ट्रपति ओमर अल वशिरलाई मानव अधिकार हनन्, सामुहिक हत्या र कालो धनलाई सेतो बनाँउदै आतंकवादलाई लगानी गरिएको आरोप छ ।
बिहिवार सुडानको प्रान्तिय सञ्चार माध्यम सुआनले जनाएअनुसार सुडानी राष्ट्रपतिले कालो धन सेतो बनाएको र आतंकवादमा लगानी गरेको यथेष्ट प्रमाणहरु भेटिएको छ । राजधानी खार्तुममा हजारौं प्रर्दशनकारीहरु भेला भएका छन्, गत महिनामात्रै सुडानी सेनाले राष्ट्रपति बशिरलाई अपदस्त गरेको हो, बशिरलाई अन्तराष्ट्रिय अदालतमा रिट परेको छ जस्मा उनलाई सामुहिक हत्या र डार्फरको युद्धमा मानव अधिकार हननका घटनाहरुमा यथेष्ट प्रमाणका साथ सुनुवाईका लागि आव्हन पनि गरिएको पाइन्छ ।
सुडानी अधिकारीहरुले वशिरको निवासमा गत महिना १०० मिलियन अमेरिकी डलर नगद भेटेका थिए र उक्त नगदको श्रोत खुल्न पनि सकेन । सन् १९९२ देखि १९९६ सम्म सुडानले अलकायदाका नेता ओसामा विन लादेनलाई शरण दिएको थियो, राष्ट्रपति बशिरलाई प्रतिपक्षले निकै लामो समयदेखि भ्रष्टाचार र आतंकवादलाई प्रश्रय दिएको आरोप लगाइरहेको छ । उनलाई ईस्लामीक नेता हसन अल तुराबीसंगको निकटताका कारणले झनै आरोप लगाइएको बताइन्छ, सन् १९८९ देखि बशिरको सुडानमा वर्चस्व रहेको थियो । सन् १९८९ मा निरकुंश ईस्लामीक सेनाहरुको अगुवाईमा सुडानमा शाषनको बागडोर बशिरको हातमा परेको हो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै