Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

नेपाली सिने क्षेत्रमा आफ्नो भविष्य कोर्दै भारतकी मोडल गीता बर्मा

२२ बैशाख २०७६, आईतवार २२:०३


काठमाण्डौ: इण्डियाको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौँलाइ कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन ।

भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु भाउजु संग बस्दै नृत्य तथा अभिनयको ट्रेनीङ समेत लिदै आएकी उनले २ वटा नेपाली म्युजिक भिडियो र केहि सर्ट मुभीमा समेत अभिनय गरिसकेकी छिन । इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केहि म्युजिक भिडियोमा कुशल अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडि बढिरहेकी छिन ।

राजधानी काठमाण्डौ शहर, सपनाको शहर जहा दैनिक हज्जारौं मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपनासंग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रङ्गीन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रङ्गीन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नव मोडल हुन गीता बर्मा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरीरहेकी छिन् ।

अभिनय तथा नृत्यमा पोख्त मोडल गीता बर्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । मोडेल गीता भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको उनि बताउँछिन ।

सानै उमेर देखि नेपाली मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने गीता अभिनयमा पनि आफूलाइ अब्बल दर्जामा राख्नमा कोसिशरत छिन् । गीताले भनिन्, अब नेपाली चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । कम नेपाली बोल्ने गीता भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि गीता बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत