Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

रुसी हवाइजहाज दुर्घटना, ४१ जनाको मृत्यु

२३ बैशाख २०७६, सोमबार ११:०६


मस्को एयरपोर्टमा एरोफल्ट प्यासेन्जर जहाजले आइतबार आकस्मिक अवतरण गर्यो, अवतरण गर्दा जहाजका लगभग सबै ठाँउमा आगोको लप्कोले छोइसकेको थियो ।

सुखोई सुपरजेट १०० मोडलको यस जहाज मस्कोको शेरेमेतेभो एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो, सिसिटिभी फुटेजमा जहाजभित्रका यात्रुहरु आगोको लप्कोबाट बच्दै अर्कोतर्फ बसेका अनि जहाज रोकिएपछि हाम्फाल्दै घाँस र अन्य कुराहरुमा आफ्नो शरीरमा लागेको आगो निभाउन प्रयासरत देखिन्छन् । आगोबाट बचेर यसरी ज्यान जोगाउने क्रममा ४१ जना यात्रुको जलेर मृत्यु भएको छ ।

रसियाको इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार कम्तिमा २ जना बालबालिका पनि मारिएका छन् । ११ जना गम्भीर घाइते छन् । एयरपोर्टका अधिकारीहरुका अनुसार उडेको केहि समयमा नै जहाज प्राविधिक कारणले एयरपोर्ट फर्केको हो तर अवतरणका क्रममा जहाजमा आगो लागेपछि परिस्थिती झनै बिकराल बन्न पुग्यो । जहाजमा ७८ जना मान्छे थिए जस्मा ७३ जना यात्रु र ५ जना चालकदलका सदस्यहरु भएको खबर छ । उडेको ७ मिनटमा करिब १० हजार फिटको बिन्दुमा पुगेपछि जहाज आँफैं तल झर्न थालेको एयरट्राफिक कन्ट्रोलरको वयानमा उल्लेख छ, पाइलटहरुले केहि प्राविधिक खराबी पाएपछि नै जहाजलाई पून एयरपोर्ट ल्याउन खोज्दा जहाजमा आगोको लप्कोले छोपेको देखिन्छ ।

यदि जहाजमा भएको ईन्धन आकाशबाटै पाइलटले झारिदिएका भए जहाजमा आगो लाग्ने संभावना हुँदैनथियो तर जहाजले एयरट्राफिक कन्ट्रोलरसंग समबन्ध गुमाएपछि मस्को शहरमाथिबाट त्यत्रो तेल झार्दा जमिनमा हुने खतराले गर्दा पाइलटहरुले ईन्धनसहित जहाजलाई अवतरण गराएका हुन् । दुईपटक मस्को शहरको परिक्रमा गरेपछि जहाजलाई अवतरण गराइयो र यो सम्पूर्ण क्रममा जहाज उडेपछि ४५ मिनेट पछि मात्र जमिनमा आएको खबर छ । अवतरणका क्रममा ल्याडिंग गियरले जमिन छोएपछि जहाजको नोजले पनि जमिनमा छोएको र आगो त्यहिँबाट शुरु भएको खबर छ । मृतकको संख्या बढ्न सक्ने बताइन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै