
यसवर्ष भारतको बोर्ड टप गरेका बिधार्थीको लक्ष्य के छ त?
२४ बैशाख २०७६, मंगलवार १३:३०
नेपाल र भारतमा अभिभावक, बिधार्थी, शिक्षण पद्धतिका कुराहरु आँउदा धेरै कुराहरु कहिलेकाँही उस्तै भइदिन आँछन् । यसवर्ष भारतको सिबिएसई टप गरेकी नानीको लक्ष्य सुनेर सम्पूर्ण भारतनै अचम्ममा परेको छ, सामान्यतया धेरै पढेर टप गर्नेहरुको चाहना डाक्टर, ईन्जिनियर या अन्य पेशामा जाने हुन्छ तर यि नानीले टपरको परिभाषा अनि करियर स्वतन्त्रताको नयाँ आयाम दिएर गएकी छिन् ।
दुईना बिधार्थीहरुले कूल ५०० अंकमा ४९९ ल्याएर भारत भरि मै टप गरिदिए र ति हुन् हसिंका शुक्ला र करिश्मा अरोरा । आईआईटी र एम्बीबीएसका भिँडले यिनीहरुलाई तान्न सकेन, पेशागत हिसाबमा म यो बनेरै छाड्छ र यति पैसो कमाँउछु भनेंर कम्मर बसेर पढ्ने जमातभन्दा पर यि नानीहरु अहिले कला अर्थात आर्टस अध्ययन गरिहेका छन् । संभवत भारतमा टपरले बिज्ञान संकायमा भर्ना नभई सामान्य आर्टस पढेको यो पहिलो घटना हो ।
हसिंकालाई भारतको परराष्ट्र मामिलामा आफ्नो करियर बनाउन मन छ भनें करिश्मा एउटा नर्तकी बन्न चाहन्छिन् । करिश्माले आफ्नो कथक नृत्यको कारणले भारतको कल्चर मिनिस्ट्रीबाट पदक पनि पाइसकेकी छिन् । भारत र नेपालको अभिभावकहरुको शब्दकोषमा नृत्य, गायन, खेल आदि कुराहरु कहिलेपनि करियर नभई केवल रुचीको विषय मात्र हुन्छ र अभिभावकको चाहना र नाक राख्ने क्रममा धेरै बिधार्थीहरुले आफ्ना सपनालाई तिलाञ्जली दिएको पाइन्छ ।
सन् २०१८ मा भारतको कोटामा परीक्षामा राम्रो अकं नल्याउने भयले १९ जना बिधार्थीले आत्महत्या गरे, यस्तो क्रम चलिरहेको हुन्छ । नेपालमा पनि हरेक वर्ष यस्त घटनाहरु सुनिने गरिन्छ तर किन हाम्रो शिक्षण प्रणाली अंकको यो अर्थशास्त्रमा डुबुल्की मारिरहेको छ त ?
जे होस् हसिंका र करिश्मालाई नेपालबाट पनि बधाई, टपर भएर बिषयगत कुरामा पनि टप गर्दै समाजलाई नयाँ आयाम दिन सफल हुनु, शुभकामना ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,