Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

ईस्लामहरुको पवित्र महिना रमादान शुरुवात

२३ बैशाख २०७६, सोमबार १९:५७


यसवर्षको मे ६ बाट मुसलमानहरुको पवित्र महिना रमादान शुरु भएको छ । यस महिनाभरि घाम उदाएदेखि अस्ताएसम्म खान, पिउन लगायत अन्य बिभिन्न क्रियाकलापहरुमा बर्जित गरिन्छ । ईस्लामीक धर्ममा मोक्ष र परमतत्वसंग समाहित हुनुलाई तक्वा भनिन्छ, रमादानमा व्रत लिनाले तक्वा प्राप्त हुने बिश्वास छ ।

लगभग १४०० वर्षअघि मुसलमान समुदायलाई रमादान बस्न आदेश दिइएको तथ्य छ भनेंर अलजजिरामा सामी रहमानले लेखेका छन्।प्राचिन ग्रीकमा यस्तै खाले व्रत लिने चलन रहेको र त्यसपछि यस्तो व्रतहरु शारीरीक शुद्धता र भावनात्मक स्थितरताका लागि लिन थालिएको तथ्य छ ।

व्रत लिने चलनहरुका फाइदाका बारेमा बिभिन्न पुस्तक र अध्ययनले देखाएका छन् । पेट खाली भएका समयमा शरीरको पाचनप्रणाली आरामदायी अवस्थामा रहने र शरीर अनावश्यक बिशाक्तकुराहरु शरीरबारिह फाल्न केन्द्रित हुने भनी विश्वप्रसिद्ध पोषणबिद्ध क्लेर माहीको अध्ययन र ब्लगमा उल्लेख छ ।

यसवर्षको रमादान १४४० औं रमादान हो, ईस्लामीक पात्रोमा यो १४४० सौं वर्ष हो । भगवान मोहम्मदलाई कुरान उजागर गरिएको अवसरमा रमादान शुरु भएको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ

आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि