Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

एउटै श्लोकमा अटाएको रामायण

२५ बैशाख २०७६, बुधबार ०६:१८


हजारौं वर्षदेखि हजारौं श्लोकहरुमा रामायणका घटनाक्रमहरु पूर्विय सनातन दर्शनको अदभूत किस्सा बन्दै आएका छन् । रामको म अनि सिताको स अझै पनि नाम अनि गामहरुमा अटाएका छन् अनि छताछुल्ल छ मर्यादा पुरुषोक्तमको मर्यादा पराक्रम अनि सितामाताको धैर्यता र साहस ।

नेपालको जनकपुर तत्कालिन मिथिला राज्यको राजधानीबाट रामायण रामायणको पथमा अघि बढ्यो । विश्वले पछ्याएको त्यस अदभुत बिवाह अनि प्रेमप्रसंग जनकपुरबाटै शुरु भयो, रामायण विशाल छ जबजब मर्यादा अनि मानवताको कुरा आँउदछ । रामायण संयोगान्त भएर पनि वियोगान्त छ जब समाजको एउटा पाटोले उब्जाएको आरोपमा रानी सीतालाई नै रामले त्याग गर्नुपर्ने हुन्छ । रावणसंग जितेका रामले आफ्ना प्रजाको प्रश्नसंग हार्दछन् तर त्यसको बिम्बले समग्र पृथ्वीमा नै ठूलो उदहारण दिएर गएको छ ।
रामायणलाई अटाएको एउटा श्लोक

आदि राम तपोवनादि गमनं
हत्वा मृगं कांचनम
वैदीहीहरणं जटायुमरणं , सुग्रीवसंभाषणम ।।
बालीनिर्दलनं समुद्रतरणं , लकांपुरीदाहनम् ।
पश्चाद रावण कुम्भकर्ण हननम, एतद्धि रामायणम ।।

सम्पूर्ण रामायणलाई यस एउटै श्लोकले वर्णन गरिदिन्छ, यस्को अर्थ हुन्छ यसप्रकार हुन्छ । एक फेर भगवान राम जगंलमा जानुभयो, हरिणलाई पछ्याउनुभयो , वैदीही अर्थात किशोरी जी रानी सिताको अपहरण भयो । जटायु मारियो अनि सुग्रिभसंग वार्तालाप भयो, वालीको मृत्यु पश्चात समुन्द्र तरेर लंकापुरी भष्म पारियो । रावण र कुम्भकर्णलाई पनि मारियो र रामयणको संक्षेप यही हो ।

लाइभमाण्डु
सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,