एसियन मार्सल आर्ट्स गेम्समा नेपाल पाँच स्वर्ण सहित उप विजेता


मंसिर ४, काठमाडौं । भारतमा सम्पन्न एसियन मार्सल आर्ट्स गेम्समा नेपालले पाँच स्वर्णसहित कुल ७ पदक जितेको छ । नयाँ दिल्लीको तालकटोरा रंगशालामा नोभेम्बर १२ देखी १३ तारिखसम्म भएको प्रतियोगितामा नेपालका पाँच खेलाडीले स्वर्ण पदक हात पारे भने एक खेलाडीले रजत र एकले कास्य पदक जित्न सफन भए ।

पुरुषको सिनियर १८ देखि ३८ बर्ष उमेर समूहमा नेपालका तीन खेलाडीले स्वर्ण जितेका हुन् । ५५ केजी तौल समूहमा जनक राज गौतम, ६० केजीमा रोशन शर्मा र ७५ केजी तौल समूहमा बिशाल साहले स्वर्ण जिते । यस्तै पुरुष ११ देखि १४ बर्ष उमेर समूहमा नेपालका दुई खेलाडी स्वर्ण जिते । ५० केजी तौल समूहका विकास बिक र ५५ केजी तौल समूहका विकास श्रेष्ठले स्वर्ण हात पारे । यस्तै ४५ केजीमा मिलन बिकले रजत जित्दा ६० केजीतर्फ कृष्ण रोकाले कास्य पदक जिते ।

पाँच स्वर्णसहित ७ पदक जितेको नेपाल प्रतियोगितामा टिम उपविजेता समेत बनेको छ । टिम च्याम्पियनको उपाधि भने भारतले हात पार्यो । यस्तै रुसले तेस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा नेपाल टिमका मुख्य कोच रहेका दिनेश शर्मा उकृष्ट कोच चुनिए । नेपाली टोलीको अर्का प्रशिक्षकमा अविशेक मल्ल रहेका थिए भने नेपालबाट निर्णायकमा खडक बहादुर गुरुङ समेत रहेका थिए । प्रतियोगितामा आयोजक भारत,नेपाल, बंगलादेश, रुस सहित ८ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Loading comments...