Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९ को दोश्रो चरणको नजिता सार्वजनिक: नाम सहित

२५ बैशाख २०७६, बुधबार २२:०१

चैत्र ९, २०७५ देखी बैशाख २, २०७६ सम्म संचालित छैठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९ को दोश्रो चरणको नजिता आज प्रकाशन गरिएको छ ।

यस वर्ष कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुको लागि संचालन गरिएको जुनियर विधामा प्रदेश १, २ ३, ५ र ६ मा १४ विद्यालयका १४ विधार्थी बन्द शिविर (अन्तिम चरण)को लागि छनौट भएका छन् । त्यस्तै कक्षा ११ र १२ वा सो सरह अध्यनरत प्रदेश १, २, ३, ४, ५ र ७ मा २० विद्यालयका २९ विधार्थी बन्द शिविरको लागि छनौट भएका छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईद्वारा आज जारी विज्ञप्तिमा छनौट भएका विद्यार्थीहरुका लागि आवश्यक जानकारी उल्लेख गर्दै लेखिएको छः ‘बन्द शिबिर जेठ ११ देखी १७ गते सम्म काठमाडौँ बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेज मा संचालन गरिनेछ । बन्द शिविरमा छनौट भएका विद्यार्थीहरुलाई खगोल विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु संचालन गरिनेछ । बन्द शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विधार्थीहरुलाई यस वर्ष सञ्चालन हुने विभिन्न अन्तरास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिनेछ ।’

कार्यक्रम सम्बन्धि थप जानकारीको लागि www.nepalastronomicalsociety.org/olympiad मा हेर्न सक्नुहुनेछ ।

नतिजा सहितको नामावली यहाँ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच