
द्रोणाचार्यका शब्दहरु
महाभारतमा पाण्डवहरुको गुप्तवास चलिरहेको समयमा कुरुक्षेत्रबाट हस्तिनापुरमा खबर पुग्दछ, किचकको मृत्यु समबन्धमा । राजा बिराटको सालो किचक एउटा होनहार कुस्तीबाज हुन्छन र यस्ता शक्तिशाली योद्धालाई मार्न सक्ने केवल भीम मात्र हुन्छन भनी सबैले लख काट्दछन् । यस क्रममा कौरवहरुले राजा बिराटलाई आफ्ना सालाको हत्याको बिरुद्धमा पाण्डव बिरुद्ध राजा बिराटलाई पनि भड्काउने कोशिस गरेका हुन्छन् ।
पाण्डवरु आफ्नो गुप्तवासको दौरान बिराट राज्यमा बस्न पुगेका हुन्छन् जहाँ सम्पूर्ण ५ पाण्डवहरुले आफ्नो परिचय लुकाएर बिभिन्न स्वरुप अनि चरित्रमा बसेका हुन्छन् । अर्जुन भने ब्रिहनललाका रुपमा एउटा नृत्य प्रशिक्षकका रुपमा मत्स्य राजाकी पुत्रीलाई नृत्य सिकाएर बसेका हुन्छन् । बिराट राजा अनि राज्य कौरवको बिपक्षमा हुन्छ तसर्थ कौरवसंग बिराट राज्यका तर्फबाट युद्ध गर्न ब्रिहनललालाई अर्जुन भनेर नचिनेपछि आफ्नो सारथी बन्न बिराट राज्यका रामकुमार उत्तराले आग्रह गर्दछन् । युद्धमैदानमा उत्तराले कौरव सेनाको संख्या र शक्ति देखेपछि डराएर रथ भगाउन आदेश दिन्छन् । ब्रिहनललाका रुपका अर्जुनले एउटा राजकुमारलाई यसरी डराएर भाग्न शोभा नदिने बताएर कौरवसंग युद्ध गर्न सल्लाह पनि दिन्छन् ।
पाण्डवहरु विराट राज्य प्रवेश गर्दा आफ्ना हतियारहरु एउटा रुखमुनी लुकाएर आएका हुन्छन् र रुखलाई यूधिष्ठिर या अर्जुन शिवाय अन्य कसैलाई पनि हतियार नदिन आदेश पनि दिइएको हुन्छ। पछि अर्जुनले त्यसै रुखसंग आफ्ना हतियार लिएर युद्धभूमिमा जान्छन् ।
द्रोणगुरु ले अर्जुनलाई युद्धभूमिमा चिनेपछि एउटा वाक्याशंलाई वडो गज्जबले भन्दछन्, महाभारतमा यो वाक्याशंको सार वडो चित्ताकर्षक रुपमा लिइएको छ, जसलाई आज हामी ब्याख्या गर्दैछौं । द्रोणाचार्यले खोला, पानी, विष्णु, नारी र झण्डा भनी भन्दछन्, एकै ठाँउमा यी शब्दहरुको खासै तात्विक अर्थ छैन तर यो वाक्याशंमा सार लुकेको छ ।
द्रोणले नदिजा अर्जात खोलाका पुत्र या नदिका पुत्र, लंकेश अर्थात रावन, वनरल अर्थात वन या जगंल जसलाई अरिले सखाप पारेका हुन्छन् अनि केतु अर्थात झण्डा भनेका हुन् । द्रोणले भिष्मलाई गंगा नदिका छोरा भएकाले पुकारा गरेका हुन्छन् । हनुमानले लंकाका राजा रावणको वन नष्ट गरेका हुन्छन र अर्जुनको झण्डामा उनले हनुमान देखेको कुरा भिष्मलाई भन्नका लागि गुप्तरुपमा यी शव्दहरु प्रयोग गरेका हुन्छन् । द्रोणले बहुतै अप्रत्यक्ष रुपमा भिष्मलाई अर्जुन युद्धमैदानमा आएको संकेत दिएका हुन्छन् ।
द्रोणले चाहेका भए सबैले बुझ्ने गरि अर्जुन लगायत पाण्डवहरु गुप्वासमा त्यहाँ रहेको भनी भन्न पनि सक्दथे तर पाण्डवहरुको गुप्तवासकै क्रममा उनीहरुको परिचय खुलेमा उनीहरुले फेरि गुप्तवासमा फकर्नुपर्ने बन्धन गरिएको हुन्छ । शायद द्रोणले त्यस समय यी कुरा ध्यान नदिएको भए आज महाभारत धेरै फरक हुनेथियो तर द्रोणाचार्यले त्यसो गरेनन् ।
हुन त द्रोणाचार्यका पुत्र अस्वस्थामा भने युद्धका क्रममा मारिएको झुठो हल्ला फैलाएर उनीमाथि शोकअवस्थामै हमला गरिन्छ तर परिणाम जेसुकै भएपनि द्रोणाचार्य सत्यको पक्षमा पाण्डवकै साथमा रहेता पनि कौरवहरुको पक्षबाट आफ्नो दायित्व वहन गर्दै युद्धभूमिमा आएका हुन्छन् ।
द्रोणाचार्यको मृत्यु महाभारतको एउटा महत्वपूर्ण पाटो हो
सुयोग ढकाल