
को बन्छ करोडपतिले पायो पहिलो करोडपति, KBC परिवारद्वारा भिडियो प्रोमो जारी
२६ बैशाख २०७६, बिहीबार १८:३५
को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गरेको छ । जारी भिडियो प्रोमोमा बिजयी अनुहार देखाईएको छैन तर शोका होस्ट तथा महानायक राजेश हमालले बिजयीले १ करोड जीतेको बधाई तथा हर्ष सहितको घोषणा गरेको देख्न सकिन्छ, अवश्य पनि को ति भाग्यमानी बिजेता हुन यो भने ताजा श्रृंखलासम्म कुर्नै पर्छ ।
विजयी भएको घोषणा सहितको भिडियो प्रोम्रो हेर्नुहोस्
एसआरविएन मिडिया परिवारद्वारा जारी विज्ञप्तिमा लेखिएको छः
विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो “who wants to be millionaire” को नेपाली भर्सन “को बन्छ करोडपति” ले सगौरव ४० औं इपिसोड प्रशारण गरिसकेको छ । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ । पछिल्लो समय हरेक घर, चोक, गल्ली बस्ती, विद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुमा KBC कै चर्चा हुने गरेको जानकारी गराउन पाउदाँ एसआरविएन परिवार गौरवान्वित भएको छ ।
दर्शकको अपार माया र साथ पाउँदा पाउँदै पनि केविसिको ४० औं इपिसोडसम्मको यात्रामा कुनै पनि प्रतियोगीले २५ लाखसम्म रकम जित्न नसक्दा केहि हदसम्म नैराष्यता उत्पन्न भएको महषुश भएकै हो । सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको छ ।
एक करोडको यात्रा मात्रै तय नगरी एक करोड रुपैयाँ जित्न सफल भएका विषय यहाँको गौरवशालि संचारमाध्यमबाट जनसमक्ष सञ्चार गर्न पाउँदा केविसि नेपाल तथा एसआरविएन मिडिया परिवार ज्यादै हर्षित भएको छ । यो जीतसंगै “को बन्छ करोडपति” कार्यक्रमले आफ्नो पहिलो सिजनमै बहुप्रतिक्षित करोडपति पाएको छ ।
केविसि नेपालकी क्रियटिभ हेड सुरक्षा अधिकारी ज्ञानले नै को बन्छ करोडपति जस्तो कार्यक्रममा करोडको यात्रा तय गराउने कुरालाई स्थापित गरिसकेको बताउनुहुन्छ, उहाँ भन्नुहुन्छ “को बन्छ करोडपतिमा सहभागी हुने पहिलो र अपरिहार्य शर्त नै ज्ञान हो, प्रतियोगीमा जति धेरै ज्ञान हुन्छ त्यति नै रकम जित्न सफल हुने कुरा त स्पष्ट नै भइसकेको छ ।”
को बन्छ करोडपति एपिवान टेलिभिजनमा हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको छ । यस्तै केविसि नेपालको युट्युब च्यानल तथा हाम्रो पात्रो एपमा तथा केविसि नेपालको युट्युब च्यानलमा ताजा तथा पुराना कार्यक्रमहरु जुनसुकै समयमा पनि हेर्न सक्नुहुनेछ । हामीलाई टेलिभिजनमा हेरेर र युट्युब च्यानल मार्फत हेरेर आफ्ना अमुल्य सल्लाह र सुझाव दिनुहुने सम्पुर्ण दर्शकहरुलाई धेरै धन्यवाद दिन चाहन्छौं ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको