एउटा आवाजको पूर्णविराम । अलविदा सुरजदाई!


नेपाली एफएमहरुको शुरुवाती दिनमा ईमेज एफएममा एउटा मोटो अनि भिन्न आवाज बिभिन्न कार्यक्रमहरुमा आउने गर्दथ्यो, सुरज श्रेष्ठको । यी आवाज एकताका त यस्ता भए कि मानौं कुनै एल्बम यो सुत्रधार आवाज या अलिक दरिलो स्वर चाहिने विज्ञापनमा नआई नहुने जस्ता, यो स्वर नसुन्ने नेपाली खासै कमै होलान् । अब यो अनएयरको सर्वप्रिय आवाजका बादशाहले सदाका लागि अफएयर हुँदै बिदा लिएको छ ।

बिसं २०५९ या ६० ताका हुँदो हो जब ईमेज एफएमले धरानबाट पनि आफ्नो रिपीटर स्टेशन शुरु गर्यो र पूर्वाञ्चल बिशेष कार्यक्रम गर्न थाल्यो तब राती लगभग ९ बजेतिर सुरज श्रेष्ठ स्वयम स्टुडियोमा दमदार आवाजमा आँउथें, यिनको आवाज सुन्न रेडियोको ध्वनी बढाउनु सम्म नपर्ने त्यति मजबुत र माइकमैत्री आवाज । राती कलरहरुको फर्माइशका गीत प्रत्यक्ष बजाउने कार्यक्रम चलाए सुरज दाई ले, म त भन्छु नेपाली रेडियोमा लाइभ फमाइश अनुसारको गीत खोजेर बजाउने कसरत गर्ने सुरज श्रेष्ठ शुरुवाती मान्छे थिए । धराने सुरज धरानमा रेडियोको सामिप्यता निकै रमाए, वयवसायीक रुपले हुर्किन बढ्न थाले, ति ताका सुरज दाईका आवाजको चहक र ईमेज एफएमलाई पूर्वमा स्थापित गर्न सुरज श्रेष्ठको मेहेनत म अझै सम्झन्छु । रातारात काममा लागेर अनि दौडधुपमा कहिले पछि नपर्ने सुरज श्रेष्ठ ।

पूर्वको चर्चित पत्रिका ब्लास्ट टाइम्समा बिसं २०४८ मै कार्य गर्न शुरु गरेका सुरज दाई क्रमश छोटो समयमा नै राष्ट्रियस्तरमा छाउन थाले । गीतकार, सम्पादक, संगीतकार, पत्रकार लगायत म्यूजीक भिडियो निर्देशनसम्म सुरज दाईका धेरै परिचयहरु छन् । धेरै कलाकारहरुको गडफादरका रुपमा सुरज दाई बास्तवमै दाई र अभिभावकका रुपमा रहेको पाइन्छ ।

सुस्तरि बिज्ञापन, म्यूजीक भिडियो गर्दै सुरजको आवाजले रेडियो छिचोल्दै टिभी अनि विज्ञापनको विश्वमा पनि झण्डा गाढ्न थाल्यो । एउटा फरक फ्यानवेश सुरज श्रेष्ठको, म्यूजीकल कन्सर्टमा होस्ट भएर जाँदा गायकगायिका भन्दा कम फ्यान थिएनन सुरज दाईका ।

आवाजका कारण अनि सरलताका कारण यिनी सुरज दाई धेरैजनाका दाई भए । कोही सुनेर त कोही हेरेर तर सुरजका प्रशंसक धेरै भएका थिए र अझैपनि छन् ।

यो पनि पढ्नुहोस्:  कस्तो रोग हो ‘मोटर न्यूरोन डिसअर्डर’?

तर बिसं २०७६ साल बैशाख २८ गते शनिवार सुरज श्रेष्ठको अकल्पनीय मृत्यूको खबर आयो । हुन त यि आवाजका धनी सुरज श्रेष्ठ केहि नशासमबन्धी रोगले ग्रसित भएको र थला नै परेको खबर पनि नआएको हैन तर नशाको त्यो रोगले यिनलाई अल्पायू मै चुँढाएर लैजाला भन्ने आशंका कसैलाई थिएन ।

पारिवारीक श्रोतका अनुसार सुरजलाई एउटा दुर्लभ रोग लागेको थियो, यो रोग विश्वप्रसिद्ध वैज्ञानीक स्टेफेन हकिंग्सलाई पनि लागेको बताइन्छ । मोटर न्यूरोन डिसअर्डरमा दिमागले माशंपेशीलाई सिग्नल पठाउने नशा सुस्तरि कार्य गर्न कम गर्दै जान्छ, यो लगभग निको नहुने दुर्लभ हो । पत्ता लागेको ३ देखि ४ वर्षमा रोगीले मृत्यूवरण गर्दछन् । सुरज दाईलाई यसै रोगले थलायो, नभन्दै सुरज दाई अस्ताए अनि उनीसंगै अस्ताइदियो त्यो आवाज ।

सुरज दाईको मेरुदण्ड र मष्तिष्कको तालमेल मिलाउने नशाले सुस्तरि काम गर्न छाड्दै गए, यो रोग कुनै पनि उमेर समुहका मान्छेलाई लाग्न सक्दछ तर सामान्यतया ४० वर्ष कटेपछि यो रागको संक्रमण देखिने मान्छेलाई असाध्यै च्यापदै लान्छ ।
सुरज दाई दुर्लभ व्यक्तित्व थिए अनि दुर्लभ काम गर्ने दुर्लभ आवाजका धनी यि दाजूलाई दुर्लभ रोगले च्यापेर लग्यो । दुर्लभता अनि सामान्यपनाको मध्यान्तरमा सुरज दाई अस्ताए, वहाँका आवाज अनि श्रृजनाहरु हामी हेरिरहनेछौं । श्रद्धासुमन !

:: सुयोग ढकाल


Loading comments...