Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

पाकिस्तानी होटलमा आक्रमण

२९ बैशाख २०७६, आईतवार १२:५९


पाकिस्तानको बन्दरगाह शहरका रुपमा चिनिएको शहर गोदारमा बन्दुकधारी आक्रमणकारीले पाँच तारे होटलमा गोली चलाँउदा एकजनाको मृत्यु भएको खबर छ ।

शनिवारको दिन ३ जना बन्दुकधारीहरुले होटल पर्ल कन्टीनेन्टलमा छिर्न खोज्दा होटलका गार्डको हत्या गरेका हुन् । पछि बन्दुकधारीहरु होटल छिर्ने क्रममा होटलको भर्याङमा सुरक्षादस्ताले घेरेर उनीहरुलाई निस्तेज पारेको भनी बताइएको छ । होटलको ११४ वटा कोठामा रहेका सबै पाहुनालाई सकुशल निकालिएको खबर छ यद्धपि स्थानीयहरुका अनुसार होटलमा निकै हातापायी र गोलीबारी भएर मृतकको संख्या बढेको बताइन्छ । बालोच लिबरेशन आर्मी नामक स्वतन्त्र बलोचीस्तानको पैरवीगर्ने हतियार सहितको समुहले यस आक्रमणको जिम्मा लिएको छ ।

गोदार शहरले चीनलाई अरबियन सागर हुँदै पाकिस्तानसम्म जोड्दछ, चीन पाकिस्तानको महत्वपूर्ण ब्यापार केन्द्र गोदारमा रहेको होटलमाथिको यो आक्रमण पाकिस्तानको वाणिज्य र सुरक्षा दुबै कुरामाथि चुनौति रहेको प्रष्ट छ । उता यसै बालोच लिवरेशन आर्मीका दस्ता ले नै हर्निया जिल्लाको कोइला खानीमा आक्रमण गर्दा बिहिवारको दिन ५ जना मारिएको खबर आएको थियो । पाकिस्तान भित्रको बालोच स्वतन्त्रताको मुद्धा पनि दिनानुदिन झनै जकडिँदै गएको भनें स्पष्ट छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै