
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
२९ बैशाख २०७६, आईतवार १९:०५
अहिले लाल सागर पूर्वको ईरान र अमेरिका पबच तनाव श्रृजना भएको अवस्था छ । अमेरिकी संसद र सरकारले त ईरानका विरुद्ध लाल सागरमा आफ्नो राष्ट्रिय ध्वाजावाहक मिसाइल र हतियारबन्द पोतहरु पठाउन स्वीकारोक्ती नै दिइसकेको छ ।
अब्राहम लिकंन करियर स्ट्राइक ग्रुपका पोतहरुले केहि दिन अघि नै ईजिप्टको स्वीज कनाल पार गरेर अहिले लाल सागरमा रहेको खबर छ । बहराईन, जोर्डन, कुवेत, कतार र यूएईमा पनि राखिएका यस्ता डिफेन्स सिस्टमले बिभिन्न मिसाइल, ड्रोन र हवाईजहाज बिरुद्ध प्रतिरक्षा र प्रतिकार गर्न उच्च प्रभावकारी कार्य गर्ने सुचना छ । अमेरिकाले यूएसएस एयरलिगंटन पनि पठाएको खबर छ, यो पोत अमेरिकाको नौसैनिकको मुख्य शक्ति रहेको बताइन्छ ।
यसै हप्ताको शुरु मा नै कतारमा अमेरिकी बी ५२ बमबाहक बिमानहरु आइसकेका छन्, यि बिमानहरु अमेरिकी सेनाको मध्यपूर्वको युद्ध जित्नका लागि ठूला हतियार मानिएका छन् । अमेरिकाले गत महिना ईरानको रेभुलिशनरी गार्ड समुहलाई आतंककारी संञा दिएको छ र ईरानमाथिको तेलको प्रतिबन्ध अझै जारी छ । अमेरिकी एजेन्सीले ईरानले पनि प्रतिकारको तयारी गरेको प्रशस्त सुराक भेटिएको बताएको छ । हेरौं अमेरिका ईरान युद्धले अब कस्तो मोड लिनेछ ?
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग