
जब राहुल गान्धीले बिग्रेको हेलिकप्टर बनाए
३० बैशाख २०७६, सोमबार १०:३०
भारतीय चुनावी सरगर्मीमा अहिले भाजपा र कांग्रेस आईको तानातान निकै उत्कर्षमा छ । भाजपाका नरेन्द्र मोदी र कांग्रेस आई का राहुल गान्धीको भनाई र चर्काचर्की निकै सुनिन्छ ।
भर्खरै हिजोको घटना हो जब हिमांचल प्रदेशको उना भन्ने ठाँउमा चुनावी भेलालाई सम्वोधन गर्न राहुल हेलिकप्टरमा उडेका थिए । राहुलका पिता पूर्व प्रधानमन्त्री राजीव गान्धी पनि आफु पाइलट थिए, राजीव गान्धीको पाला बाटै गान्धी परिवार हवाईजहाज र हवाई प्रविधिसंग निकट मानिन्छन् । यस पटक पनि राहुलले केहि त्यस्तै गरिदिएका छन्, उडिरहेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि ल्याण्ड गर्न लगाएका राहुलले आफै हेलिकप्टर मुनि छिरेर चलचित्रको नायकको शैलीमा बनाउन सघाए । यस कुराको तस्वीर राहुलले ईन्स्टाग्राममा शेयर गरेका थिए ।
ईन्स्टामा उनले हिमाञ्चल प्रदेशमा हेलिकप्टर बिग्रिएपछि टिमवर्कको रुपमा केहि समयमा नै हेलिकप्टर बनाएको र भगवानलाई धन्यवाद दिँदै धन्न केहि ठूलो समस्या नदेखिएको पनि भनेका छन् ।
CP : @RahulGandhi Helping get our
helicopter going 🙂 in Una, Himachal Pradesh. pic.twitter.com/JOUuYlj2cV— Congress (@CongressAICC) May 10, 2019
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको
भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई