Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

उपेन्द्र यादवको अन्तरवार्ता प्रतिक्रियाः सामाजिक सञ्जाल बाट

३० बैशाख २०७६, सोमबार १३:००


उपप्रधानमन्त्री उपेन्द्र यादव एभीन्यूजको एउटा अन्र्तक्रियात्मक कार्यक्रमकै क्रममा निस्केर गएको भिडियो निकै भाइरल भइरहेको छ । पत्रकार सुशील पाण्डेले उक्त कार्यक्रम सञ्चालन गर्दा केहि प्रश्न अनि अभिव्यक्तिका कुरामा दुबैको मतान्तर भएपछि उपेन्द्र यादव माइक छाडेर निस्केका देखिन्छन् ।

मुख्यतया उपेन्द्रको पार्टीको नयाँ शक्तिसंगको एकात्मकता अनि अहिले सरकारमा भएका नाताले भ्रष्टाचार प्रकरणलाई लिएर सोधिएका केहि विषयगत र ठाडा प्रश्नबाट वहालवाला मन्त्री असन्तुष्ट भई निस्केका देखिन्छ । पत्रकार महोदयको अति असभ्य र गैरजिम्मेवारी पूर्ण प्रश्न भनेंर पनि आलोचना भइरहेको छ । आउनुहोस सामाजिक सञ्जालबाट केहि प्रतिक्रिया यस विषयमा ।

विश्व दर्शन पराजुली ले मेन्स रुम रिलोडेड मा लेख्दछन् :

पत्रकार सुशील पाण्डेलाई मेरो ५ प्रश्न ?
१. पत्रकारिता पढ्यौ या पढेनौ ? कि फेल भयौ वा चोरेर पास भयौ ?
२. पत्रकारको ईथिक्स र एउटा ईन्टरभ्युअर को शैली कस्तो हुनुपर्छ भन्ने ज्ञान कसैले दिएनन् ?
३. के उपेन्द्र यादव लाई जसरि व्यवहार एउटा पहाडी नेता (उपप्रधानमन्त्रि ईश्वर पोखरेल ) लाई गर्न सक्छौ ?
४. सामाजिक संजाल देखि चिया पसल संजाल सम्म आएका तिमि विरुद्दका नकारात्मक कमेन्ट लाई शिरोपर्य गरेर माफी माग्ने वा पत्रकारिता छोड्ने नैतिकता तिमि संग छ ?
५. तिमीलाई त्याति धेरै घमण्ड रहेछ एउटा मिडियाकर्मी भएकोमा (अझ शिष्ट रे ) यति धेरै स्वघोषित मर्यादित र व्यवस्थित मिडिया अव्यस्थित र अमर्यादित मिडियाका लागि ल्याईएको मिडिया विधयक संग किन तर्सिन्छौ ?

यसै पोष्टको प्रतिक्रियामा सिदार्थ गौतम लेख्दछन् :

स्टाचार भयो। वाइड बडि,  ३३ किलो सुन के हुँदै छ ? जवाफ प्रमाण लियर आउनुस। अब हजुर को पार्टी ले जनता का लागि के गर्छ ? पार्टी ले के गर्छ थाहा छैन ? ढङ्ग सिक्नुस सायद यी शब्द तेहा इन्टरभ्यु मा भन्दा हजुर का कान बन्द हुन्छन होला। अर्को कुरा पहाडी मधेसी को कुरो कता बाट ल्याउनु भा ब्रो ? अनि इश्वर पोख्रेल लाई कता बाट यता घुसाउनु भा ?

यस भिडियो प्रकरणमा वहालवाला मन्त्रीलाई मन्त्री र सरकारको प्रतिनिधिका रुपमा भन्दा पनि मधेश र पहिचानसंग जोडेर दम्भको तुलना गरिनु चाँही अचम्मको कुरा छ ।

मकवानपुरका पत्रकार शिव कुमार रिजाल काशी :

देशको उपप्रधानमन्त्रीलाइ स्टुडियोबाट निस्केर जा भन्दै अपमान गर्ने र त्यो पनि पब्लिकमा छरपस्ट पार्ने कुन संहिताले वा नैतिकताले मिल्छ ? यो देशमा पत्रकारलाइ जेल हाल्न मिल्दैन  ? के पत्रकार सर्वोच्च अंग हो ? अनि त्यस्ताको पक्षमा प्रेस स्वतन्त्रताको नाउँमा हामी सडकमा आइदिनुपर्ने ? भो अब अत्ति भो ।

एमआरआर मै सोभित पाण्डे लेख्दछन् :
पत्रकार को चाँही
प्रश्न गर्ने सैली
राम्रो देखिन
न बोलिमा सिस्टता न नम्रता ।

बिशाल ओली 
यो पत्रकार कुन दम्भले आफुलाई सिङ्गो नेपाली मिडिया ठानिराुछ ? पल पल नेपाली मिडिया रे त आफुलाई , अनि देशको उपप्रधानमन्त्री जस्तो ब्यक्तिलाई तपाई यहाँ आएर बकबास् नदेखाउनु रे, उत्तर दिन सक्दैन भने जानुस् रे, म ठाडो प्रश्न सोध्छु ,ठाडै उत्तर चाहिन्छ रे,
के यो नेपाली मिडियाको शिष्टतामा पर्छ ? वा यो पत्रकार कै बकबास् हो ?

यो पत्रकारको दम्भलाई हेर्दा त आफु जत्तिको कोही छैन, कसैले केही गर्न सक्दैन , जे बोले नि हुन्छ भन्ने खालको दम्भ पो देखियो त । बोल्ने ढंग नभाको पत्रकार । सामान्य शिष्टता पनि नभाको मान्छेसॅग बोल्नु पर्दा उपप्रधानमन्त्री ज्यूको पनि शिष्टता र सभ्यता खलबलिनु सवभाबिक नै ठान्नुपर्छ ।

यस्तै सुवास भण्डारी लेख्दछन्
पत्रकारिता यसरी गर्नु पर्ने रहेछ ।।। पाहुना लाई उत्तर नदिने भा जानू। तपाईं ले सिष्ट्ता सिकाउने ?? भन्दै गाली गर्नु पर्ने रहेछ अनि पो असली पत्रकार बनिने रहेछ ।। बेलैमा बुझिएन बल्ल आएर बुझेर के पो गर्नु ???

प्रज्जवल ओझाले भिडियो शेयर गर्दै यसो लेखे :

प्रश्नको सामना गर्न नसकेपछि उपप्रधानमन्त्री उपेन्द्र यादव माइक फाल्दै यसरी बाहिरिए स्टुडियोबाट  तथापि धेरैको तर्क प्रश्नको सामना गर्न नसकेर भन्दा पनि मर्यादा अनि शिष्टताको अभाव भएकाले यसो भएको भन्ने देखिन्छ । तठस्त हेर्दा पत्रकारको प्रश्न बिचमा छाडेर जाने मन्त्री र शिष्टतालाई पन्छाँउदै विषयगत र पूर्णरुपमा शिष्टताको पालना गर्न नसक्ने पत्रकार दुबैको गल्ती भनें नदेखिएको हैन ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग