
जनगणनामा वैश्य जातीको समूहीकरण होस्ः दिलिप चन साहु
३१ बैशाख २०७६, मंगलवार १८:४४
नेपालमा वैश्य मा पर्ने ३० जातीको जनसंख्या ३० लाख भन्दा बढी छन तर राज्यले २०६८ को जनगणनामा ११४५००० मात्र प्रस्तुत गरेको छ।
राज्यले यो डाटा षडयन्त्रपुर्वक गलत मन्सायले प्रस्तुत गरेको छ।
नेपालमा वैश्य जातीमा कानु, कान्दु, हलुवाइ, कलवार, तेली, सुढी, सोनार, मारवाडि, रौनियार, चौरासिया, तुराहा, गौढ, अग्रहरी, कसौधन, कान्यकुन्ज, कमलापुरी, देव, पौदार, नुनिया, लहेरी, बरनवाल, कथबनिया, खटिक, पटवा, केशरी, बनिया, तमोली, ठठेरी, गोलदार, बढही, भुजुवा आदि पर्दछन।
नेपालमा यादव जातीको जनसंख्या १०५४४५८ छन। यादवमा पनि २ दर्जन भन्दा बढी जातिहरु छ्न राज्यले यादव जातीलाइ २०६८ को जनगणनामा एकमुष्ट प्रस्तुत गरेको छ।
नेपालमा यादव जातीमा यादव, जादव, खडगा, मरमैता, भुसकुलिया, दहियार, गोइत , मरीक, माल, कोडगिया, महत्वान, बनरैत, लगरबार, लहोठिया, भिन्दवा, कुसियैत, सुनरैत, मटियैत, खेरबार, बहरखेर, किसनौट, मजरैट आदि छन ।
यादव जाती (कलष्टर)मा विभिन्न जातीहरु भए जस्तैः
क्षेत्री ४३९८०५३, ब्राह्मण (हिल)३२२६९०३, थारु १७३७४७०, नेवार १३२१९३३, मुस्लिम ११६४२५५ लगायतका विभिन्न जातीहरु छ्न तर राज्यले जनगणनामा एकमुष्ट जनसंख्या देखाएको छन त्यसरी नै वैश्य जातीको जनसंख्या आउँदो जनगणनामा एकमुष्ट देखाउनु पर्छ, समुहीकरण गरि प्रस्तुत गरिनुपर्छ । एकमुष्ट प्रस्तुत गरिदा वैश्य जातीको जनसंख्या ३० लाख भन्दा बढी हुन्छन् यो संख्यात्मक शक्ति मधेसमा पहिलो र राज्यमा तेस्रो हुन्छन् ।
लेखक दिलिप चन साहु नेपाल वैश्य युवा संघको राष्ट्रिय अध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान