
अफ्गानी टिभी प्रस्तोताको हत्या प्रकरण
३१ बैशाख २०७६, मंगलवार ११:३४
दिँउसोको मध्य उज्यालोमा सरकार र माजलाई चुनौति दिँदै अफ्गानीस्तानकी पूर्व टिभी कार्यक्रम प्रस्तोता र अहिलेकी सरकारकी सल्लाहकार मीना मगंलको गोली हानी हत्या भएको हो ।
टिभी प्रस्तोताबाट क्रमश अब राजनितिमा छिर्दै गएकी मीना मंगलको कावुल शहरको मध्यभाग मै हत्या भएको हो । यसै आइतवार अफ्गानी आन्तरिक मामिला मन्त्रालयको विज्ञप्तीमा मीनालाई आइतवार ७ बजेर २० मिनेटमा कावुलमा गोली हानी मारिएको जनाएको छ । यस सरकारको संस्कार विषयका कुराहरुमा मीनालाई सल्लाहकार नियूक्त गरिएको थियो ।
मीनाले केहि दिन अगाडि मात्र आफ्नो फेसबुकमा आफुले हत्याको धम्की बारम्वार पाइरहेकी छु भनी पोष्ट पनि गरेकी थिइन, मीनालाई सुरक्षासंयन्त्रले बचाउन सकेन । अहिले अफ्गानी नागरीक समाजमा मीनाको न्यायका लागि निकै आवाजहरु उठ्न थालेका छन् ।
आफ्ना श्रीमानबाट करिब २ वर्ष अघि उनी अलग भएकी थिइन, उनले श्रीमान विरुद्ध घरायसि हिंसाको आरोप लगाएकी थिइन । स्वाबलम्बी मीनाको कदम अनि बिचारहरु अफ्गानीस्तानमा निकै चर्चामा आँउदै त थियो तर उन्लाई बिभत्स तवरले मारियो ।
हाई सेक्यूरिटी ग्रीन जोन मानिएको कावुल मै यसरी हाइप्रोफाइल मान्छेको हत्या हुनु शंकास्पद छ भनेंर पनि धेरैले आरोप लगाएका छन् । उनलाई मारिएको ठाँउबाट प्रहरी खासै पर भएको देखिँदैनन तर प्रहरीले अपराधीलाई समाउन त परै जाओस देख्न पनि देखेनन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै