Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

कृष्णको नाम कृष्ण रहनु पछाडिको कथा

१ जेष्ठ २०७६, बुधबार ०६:००


हामी मध्य धेरैको नामाकरण या त हाम्रो अभिभावक या त परिवारको सदस्यले राखेका हुन पर्दछ तर श्रीकृष्णको हकमा भनें त्यस्तो भएन । कृष्णका जन्मदाता अभिभावक त कारागारमा बन्दी अवस्थामा थिए र उन्का कर्मदाता अभिभावकले उनलाई वडो स्नेह र सद्भावका साथ पालेका हुन् । वासुदेवले नवजात कृष्णलाई गोकुलमा नन्द र यशोदाको सन्तानसंग साटेर राखेका हुन् । वासुदेवका जेठान दाई कंसको मृत्यु उन्का आठौं सन्तानले हुने भनेंपछि कशं वासुदेवका आठौं सन्तानको मृत्युवरण गर्न क्रुरतापूर्वक लागेका थिए । यसरी नन्द र यशोदाको घरमा कृष्णको बालापनको शुरुवातका समयमा नै महर्षि गर्गको गोकुलमा आगमन भएको थियो, गर्गको यस आगमन अत्यन्त संयोग थियो । आचार्य गर्गलाई गोकुल वासीले केहि समय बस्न आग्रह गरेपछि आचार्य बस्न र प्रवचन दिएर समग्र गोकुलधामलाई पुलकित गराउन राजी भए ।

दु : ख चाँही के थियो भनें गोकुलमा जन्म भएका सम्पूर्ण बाबालिकाहरुको कशंले आफ्नो हत्यारा हुनसक्ने भयले जन्मनासाथ हत्या गर्ने गरेका थिए । अब नन्दले कृष्णको बारेमा आचार्य गर्गलाई यसै भयले बताउन सकेनन्, कृष्णको नन्दको घरमा उपस्थिती वडो गुपचुप थियो । पछि आँट जुटाएर नन्द र यशोदाले आचार्य गर्गलाई यो कुरा त भन्दछन् कि उनीहरुले वासुदेवका पुत्रलाई आफुसंग हुर्काइरहेका छन् भनेंर । यसरी उक्त बच्चाको नामाकरणका लागि आचार्य गर्गलाई आग्रह गर्दा गर्गले मान्दैनन, यादव कूलका कुलपुरोहित गर्ग यादव कूलको बिरोधमा भएका कुनै कार्यमा संलग्न नहुने बताएपछि यशोदा र नन्दलाई आपत पर्दछ ।

तथापि आचार्य गर्गलाई कृष्णको अवतार र विष्णुस्वरुपको जानकारी भनें पहिल्यै हुन्छ, तसर्थ नन्दलाई आचार्यले बच्चा कृष्णलाई लुकाएर गोठमा ल्याउन आग्रह गर्दछन् । यसरी ल्याइने बच्चाहरुमा कृष्ण र बलराम दुबै थिए । बलराम नन्दका आफ्ना पुत्र र कृष्ण नन्दका बहिनी ज्वाँई वासुदेवका पुत्र हुन् । बलरामलाई देखेर आचार्यले रोहिणीका यि पुत्र समाज संरक्षण र शक्तिका स्वरुप भएका कारणले राम र बलको समागमका रुपमा बलराम नाम राखिदिन्छन् ।

अब कृष्णलाई आचार्यले आफ्नो काखमा राखेर उदघोष गर्दछन् । यी विष्णुका साक्षात अवतार हुन् र हरेक यूगमा धर्म रक्षार्थ यिनले अवतार लिएका छन्, पछिल्ला अवतारमा यिनले श्वेत, गेरु र रातो वर्णमा आगमन गरेका थिए तर यस अवतारमा यिनले कालो वर्णमा प्रस्तुत भएका छन् । तसर्थ यिनको नाम कृष्ण हुनेछ भनेंर आचार्य गर्गले कृष्णको नामाकरण गोठमा गरेका हुन् । विष्णुपुराण बाट

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा