ईज्रेलीहरु भगवानको पक्षमा छन्, अमेरिकी राजदुत


ईज्रेल र प्यालेस्टाइनको झगडा अहिले चरम विन्दुमा छ । ईज्रेलले अमेरिकाको समर्थन अनि आफ्नो शक्तिको आडमा प्यालेस्टाइन माथि वर्षौदेखि दमन गरेको आरोप पनि धेरैको छ । प्रविधिले सम्पन्न शक्तिशाली ईज्रेलीको तुलनामा प्यालेस्टाईनी पक्षमा धेरै मृत्यु र हताहतीको समाचार सदैव रहेको छ ।

दुई वर्ष अघि अमेरिकी राष्ट्रपतिको ईज्रेलको राजधानी तेलअबिबबाट जेरुसलेममा सार्ने पक्षमा राष्ट्रसघंका सदस्य राष्ट्रको बहुमत र समर्थन नपाएको झोंकमा त्यस रिस पनि ईज्रेलमाथि पारिएको धेरैको आरोप छ । यस वर्ष पूनः बेन्जेमीन नेतेनीयाहु सत्तामा आएपनि अब शान्तिको कुनै आशा नभएको भनि प्यालेस्टाइनी पक्षको गुनासो पनि एकातर्फ ज्यूँ का त्यूँ छ ।

ईज्रेल र प्यालेस्टाइनको झगडामा निकै धर्म र भगवानका कुराहरु आँउदछन्, विश्वका ३ मुख्य धर्महरु हिब्रु, मुसलमान अनि ईसाई धर्मको पवित्र भूमिमध्य एउटा जेरुसलेम आसपासका देशहरुमा भएको यो यूगौं देखिको झगडामा भगवानको पक्ष र बिरुद्धका कुराहरु निकै आँउदछन् ।

यसैक्रममा ईज्रेलका लागि अमेरिकी राजदुत डेभिड फ्रिडम्यानले पनि ईज्रेल भगवानको पक्षमा रहेको वक्तव्य दिएका छन् । गत वर्ष यसै समयमा ईज्रेली आक्रमणमा ६० जना प्यालेस्टाईनीहरुको हत्या भएको थियो तथापि डेभिडले ईज्रेलले प्यालेस्टाईनीलाई अफ्ठेरो हुने कुनै क्रियाकलाप नगरेको र ईज्रेल भगवानको पक्षमा रहेको भन्नु निकै विवादास्पद रहेको प्यालेस्टाईनी मिडिया र मध्यपूर्वका अन्य स्तम्भकारले उल्लेख गरेका छन् । सन् १९४८ मा मे १५ अर्थात आजकै दिनमा ईज्रेल राष्ट्र स्थापना गराई लाखौं करोडौं प्यालेस्टाइनीहरुलाई विस्थापित गरेर ईज्रेल स्थापना गरिएको हो । यस दिवसलाई प्यालेस्टाइनमा नख्बा दिवसका रुपमा संझना गरिन्छ । गतवर्ष यसै समयमा अमेरिकाले ईज्रेलको राजधानी जेरुसलेम सार्ने प्रस्ताव पनि गरेको हो । राजदुत डेभिडले अमेरिकी दुतावासलाई धार्मिक स्थलका रुपमा ३ वटै धर्मलाई संरक्षण गर्ने एकमात्र थलोको रुपमा पनि वताएका छन् ।

लाइभमाण्डु
यो पनि पढ्नुहोस्

प्यालेस्टाइनी आमा र बच्चाको इज्रेली हमलामा बिभत्स हत्या
जेरुसलेम किन महत्वपूर्ण छ ?


Loading comments...