बिराटनगरमा सिटी सफारी चालक र अटो चालक बिच बिवाद


भाँडाको विषयमा बिराटनगर बिमानस्थल क्षेत्रका अटो चालक र सिटी सफारी चालकहरु बिच बिवाद भएको छ । यस विषको बिवाद समाधान गर्न सिटी सफारी चालक र अटो चालक विच मिति २०७६ जेठ २ गते बिराटनगर बिमानस्थल मा संवाद भएको छ । अघिल्लो सम्वाद पछि बिमानस्थल प्रशासन( सिटी सफारी विच भाडा निर्धारणको सहमती भएको छ । भाडा घटाउन सिटी र अटो चालक बिच सहमती बनेको हो । त्यो सहमती दुबै पक्षबिचको छलफलको आधारमा भएको हो । त्यो निर्णय स्वीकार गर्न सिटी र अटो तयार छ । तर निर्धारण गरेको भाडा घटाएको खण्डमा समस्या पर्छ । १० रुपैयाँ पार्किङ शुल्क तिर्नु पर्ने भएकोले निर्धारण गरिएको भाडा घटाउन हुँदैन भन्ने सहमतीका साथ अहिलेको छलफल पछि आएको भारडादर ठिक छ भनी निर्णयउपर सहमती भएको छ। बिमानस्थल  प्रशासनसँग कञ्चनवारीसम्म लग्नका लागि प्रतिब्यक्ति ५० रुपैयाँ निर्धारण भएकोमा रिजर्भको निर्धारण छैन । रिजर्भको त्यहाँसम्म लग्दा २ सय लिइँदै आएकोमा भाडा निर्धारण गर्दा हामी १ सयमा कञ्चनवारीसम्म रिजर्भमा लग्न तयार छौँ भनी सिटी र अटोका चालक हरुले भनेंका छन् ।
नेपालकै क्षेत्रिय बिमानस्थलहरु मध्य सर्वाधिक व्यस्त मध्य एउटा बिराटनगर बिमानस्थलमा अटो र सिटी सार्वजनिक यातायातको एउटा भरपर्दो माध्यम हो । पछिल्ला समयमा भाँडादरहको निर्धारण पक्का नहुँदा सर्वसाधारण पनि निकै मारमा परेको बताइन्छ ।

संवाद समुह मोरङ्ग

लाइभमाण्डु


Loading comments...