
भोजपुर सदरमुकाममा आगलागी
२ जेष्ठ २०७६, बिहीबार १५:१३
साँगुरो सडक र राम्रो विपद ब्यस्थापन संरचना नभएको नेपाली बजार र चोकचौराहहरु खडेरीको समयमा आगलागीको बिशेष जोखिममा रहन्छन् । तेह्रथुम, पाँचथर लगायत अन्य पूर्वि नेपालका बिभिन्न ठाँउहरु आगलागीको जोखिममा छन्, भोजपुर सदरमुकाम पनि आगलागीको विशेष जोखिममा छ ।
अहिले भोजपुर सदरमुकाममा आगलागी भएको छ, आगो नियन्त्रण भन्दा बाहिर पुगेको खबर छ । भोजपुर सदरमुकाम नजिकैको भोजपुर नगरपालिका वडा नं। ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भइरहेको छ । स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् ।
सडक साँघुरो छ अनि दमकल जान सक्ने अवस्था छैन । स्थानीयले बोकेर लगेको पानीले आगोको लप्को निभाउन सक्ने अवस्थामा छैन ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै