Lifestyle Portal
  •   २२ मंसिर २०७८, बुधबार

न्यूक्लीयर चिहानको डर

५ जेष्ठ २०७६, आईतवार ०८:२३

संयुक्त राष्ट्रसंघका महासचिवलाई गत शताब्दीमा प्रशान्त महासागरमा बनाइएको गोप्य न्यूक्लीयर डोमको न्यूक्लीयर चुहावटको रिपोर्ट पुगेको खबर छ । विश्वले यस कुरालाई नजरअन्दाज गर्न सक्ने अवस्था छैन र यस्ता न्यूक्लीयर वेस्ट राखिने डोममा चुहावट भएमा विश्वको अस्तित्वमा नै खतरा हुन सक्ने संभावना रहन्छ । यस डोमबाट प्रशन्त महासागरमा रेडियोएक्टिभ किरणहरु चुहावट भएको खबर छ ।
बिहिवार १६ मे मा एन्टीनो गुइटरस्ले फिजी टापुमा बिधार्थीहरुसंगको अन्र्तक्रियाका क्रममा यो कुरा भनेंका हुन् । मार्शल आइल्याण्डको एनेविट्याक अटोललाई एउटा न्यूक्लीयर चिहानका रुपमा अभिव्यक्त गर्दै कोल्ड वार का समयमा प्रशन्त महासागरमा भएका आणविक कसरतको संझना पनि एन्टीनो ले गरे ।

प्रशन्त महासागरमा उति बेला फ्रँनस र अमेरिकाले गरेका आणविक विष्फोटका घटना र तिनका नकारात्मक असरका कुराहरु पनि उनले उक्काए । सन् १९४६ देखि सन् १९५८ सम्म अमेरिकी प्रशसनका मातहतमा त्यस क्षेत्रमा ६७ वटा आणविक परीक्षण भएका थिए । यी परीक्षणमा ब्राभो हाइड्रोजन बम जस्ता आधा पृथ्वी नै टुक्राउन सक्ने बमहरु पनि सामेल थिए । हिरोशीमामा खसालिएका बम भन्दा १००० गुणा शक्तिशाली बमका रुपमा ब्राभो बमलाई चिनिन्छ । ४५ सेमी बाक्लो डोम भित्र रेडियोएक्टीभ वेस्टहरु लुकाएर राखिएका छन्, यी डोमका सतहहरुमा लीक भएको खबर छ । यदि सामान्य साइक्लोनले पनि ठक्कर दिएमा यी डोमहरु पूर्णत लीक हुन सक्छन् । यसो भएमा प्रशान्त महासागरमा विकिरणहरु छिर्ने र केहि ठाँउमा त पानी नै विशाक्त हुने सम्म हुन्छ । प्रशन्त महासागर अरबौं मान्छे अनि अनगिन्ती जीवहरुको आश्रयस्थल हो, यहाँका जीवहरुको र पर्यावरणको सुरक्षामा विश्वको अस्तित्व लुकेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच