Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

भारतीय चुनावको अन्तिम चरण

५ जेष्ठ २०७६, आईतवार १०:३९


६ हप्ता लामो चुनावी श्रृखलाको अन्तिम चरणमा भारतीयहरु आइपुगेका छन् । आज आइतबार लगभग १० करोड भारतीयहरुले ५९ स्थानका लागि आआफ्नो भाग्य चुन्दै छन् । आजको चुनावमा संवेदनशील उत्तर प्रदेश र पश्चिम वंगाल पनि छन् । मोदी स्वयमको क्षेत्र वनारस पनि यसवर्ष पर्दैछ जहाँ सन् २०१४ मा मोदीले जितेका पनि थिए । हिजो रातीको वास मोदी केदारनाथ मन्दिर परिसरमा बसेका बताइन्छ ।

भोटको गणना भनें मे २३ बाट शुरु हुने बताइन्छ । भाजपाका मुख्य अनुहार र अहिलेका प्रधानमन्त्री मोदीको ५ वर्षे शाषनकालको मुल्याकंनका रुपमा पनि यस चुनावलाई हेरिएको छ । हिन्दुत्व र राष्ट्रवादी अडान अनि यसै वर्षको फेब्रुअरी १४ को पुलवामा आक्रमण पश्चातको पाकिस्तानसंगको समबन्ध र मुसलमानप्रतिका केहि कदमहरुका कारण मोदीको साख भारतमा घटेको छ या छैन ?
के अबको ५ वर्ष फेरि भारतले मोदीलाई र उन्को दललाई चयन गर्नेछ ?
विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रीक देशको यस निर्वाचन प्रणालीको परिणामको प्रतिक्षा सबैलाई छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै