शम्भु काकाको मृत्युको १३ दिन


हाम्रो तल्लो घरे माइला हजुरबाले हामिलाई सानोमा खुबै सम्झाउनु हुन्थ्यो । “बाबू, कसैको रिस नगरेस। सन्तोकी भएस“ ती सबैको अर्थ मैले त्यति मज्जाले त बुझिन। तर बालखै भए नि यति त बुझे कि हजुरबाले बोलेका कुरा हुन। दिग्गज नै हुन पर्छ । त्यही भएर बालखै देखि रिस र ईर्ष्या को छाया ले छुन पाएन । हामी केटा केटीलाइ यति सहि बाटो देखाउने हजुरबा तर आफ्नै छोरोलाइ सम्झाउन भने सक्षम हुनुभएन। हजुरबाको छोरो ( शम्भु काका। काका सधै हठी स्वभावको। छुच्चो अनि एक्दमै लोभी । अरुको लागि त परै जावोस आफ्नै लागि नि पैसा खर्च नगर्ने भरीसक्ये। हजुरबुबाले कै भन्न नि मौका पाउनु हुन्थेन, काकाले आँखा तरिहाल्ने! “ए बाबू ! मलाइ जोरो आको छ सिटामोल ल्याइदेन है“ “पैसा नभाको बेला किन चाइयो? तातो पानी खानु न आफै निको हुन्छ“ हजुरबुवा र काकाको सम्बादको एक अंश । ती बाहेक नि काकाको छुटटै पहिचान थियो।

काका कलेजका प्राध्यापक थिए । त्यही भएर उनमा एउटा दम्भ प्रगढ थियो। हाम्रो गाउँमा मान्छेले मुस्किलले १२ पढ्थे त्यसमा काका एक्लो डिग्री होल्डर मान्छे । त्यसैले उनी सिति मिती कोइ सङ नबोल्ने । उनको शिरले धर्ती कैले हेर्दैनथ्यो । उनको आँखा लाग्थ्यो आकाशका चरा हेरेर उनलाइ भुइमा बाटो भन्दिन सक्छ्न । यति इज्जतदार थिए जे होस शम्भु काका । खैर काका को नि समय सधै उस्तै रहेन। काका का गाला नि चाउरी पर्न थाले । तिनका छोरामा नि बाउ अनुसारका गुण आउन लागे । स्कुलले नि रिटायर गर्दियो। अब काका सङ्ग न पैसा कमाउने बाटो थियो न छोराले टेर पुच्छर लाउथे। एस्तैमा एकदिन दिउँसो घरमा काका एक्कासी डङ्ग्रङ ढले। होस खुल्दा अस्पतालमा लम्पसार थिए । छेउमा काकाको घरमा राखेको भैंसी गोठालो टुक्रुक्क बसीरहेको थियो। उसले होस खुलेर काका चटपटाउन लाग्दा बोल्यो “डाक्डरले भोकले गर्दा एस्तो भो भन्नु भाछ बाउसाब हजुरलाई ! निको भैहाल्नु हुन्छ आराम गर्नुस । “छोरा आएन मेरो अनि मेरी श्रीमती ? “काकाले ती आराम नपाएका आँखा उघार्दै भने। “ अह ! हजुरको बुवा चै आउनु भाको थ्योस बुढो मान्छेलाइ यहाँ गार्हो होला भनेर मैले नि पालो दिए। सानो बाबू काममा ब्यस्त हुनुन्छ रे अनि भाउजू नि अफिसको कामले नभ्याउने रे ! भोलि मात्र भेट्न आउन सक्छु मिल्यो भने भन्नुभएछ बा लाई…. तेतिन्जेल मेरो जिम्मा छ हजुरको रेखदेख !“ काका केही बोल्न सकेनन। बोलुन पनि के मा? आफैले सिकाएको संस्कार न सिक्यो त्यो छोरोले। श्रीमती नि कमाउनमा ध्यान दिने नै खोजे आफैले। त्यो गोठालो सङ्ग नि एत्रो बर्षमा आजै मात्र न बोले उनी । आखिर उसैले उनलाइ सम्मान र हेरचाह दिरह्यो। “कति भाग्यमानी एस्का बा आमा“ उनले मनमनै सोचे। स्लाइनमा पानी सकिसकेको थियो। काकालाई कमजोरीले छोप्दै थियो। गोठालोलाइ छेउमै बोलाएर उनले भने(“ मेरा बा’लाई मैले माफ मागेको छु भन्दै है! म लायक छोरो बन्न सकिन“ . . . . . . . . . काकाको आज १३ औ दिनको कार्जे छ…..
#गुरु_जि
सामाजिक सञ्जालबाट


Loading comments...