
टेक्ससमा “कथा नालापानीको” देखाईयो
६ जेष्ठ २०७६, सोमबार ११:०१
Bodhi HD र 8848 Media House LLC ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्टिन चेप्टर र NAT टेक्ससको आयोजनामा बरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेको कथा तथा निर्देशन रहेको कथानाक वृत्तचित्र ‘कथा नालापानी’को अमेरिकाको टेक्सस राज्यमा प्रदर्शन भएको छ ।
नेपाली सैनिकल बेलायती सैनिकसंग राष्ट्रिय स्वाभिमानका खातिर गरेको युद्धको एतिहासिक दस्तावेजमा आधारित पहिलो वृत्तचित्रलाई वरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछाने तथा पुनम पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो ।
कला, साहित्य, मनोरञ्जन तथा सामाजिक चिन्तनका अनेक विषयवस्तुहरुमा संवाद तथा विभिन्न सामूदायिक गतिविधि Bodhi HD तथा 8848 Media House LLC ले नियमित गर्दै आएको छ ।
स्मरण रहोस् नेपाली सिनेमा तथा टेलीभिजनका सर्वप्रिय चलचित्र निर्देशक तथा 8848 Media House LLC का अध्यक्ष नारायण पुरी र युवा सञ्चार उद्यमी तथा साहित्यकार Bodhi HD का प्रबन्ध निर्देशक रमेश एमके पौडेलको नेतृत्वमा अमेरीकामा नेपाली कला, साहित्य, गीत-सङ्गीतसंगै चलचित्रको विकास, बजार विस्तार तथा व्यवसायीकरणका लागि थुप्रै उदाहरणीय कार्यहरु भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला
खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।