भारतीय चुनावका म्यान अफ द म्याच


रणनिति अनि तथ्याकंशास्त्रको भारतीय चुनावमा निकै ठूलो चलखेल हुने गर्दछ, नरेन्द्र मोदी यि सबै कुराका कुशल खेलाडी मानिन्छन् । सही समयमा सही कुरा उठाउने, जनता र भीडलाई जुरुक जुरुक पार्न सक्ने भाषण गर्ने अनि सबैको साझा कुरालाई मुद्धा बनाएर अघि बढ्न विश्वले मोदीसंग सिक्दैछ ।

यसै क्रममा धेरैजसो पर्दापछाडि रहने तर मोदीको जीतका रणनितिहरु तयार गर्ने एकजना व्यक्तिलाई आज हामीले प्रस्तुत गर्न चाह्यौं । स्मरण रहोस्, विश्वको सर्वाधिक ठूलो प्रजातन्त्रको अभ्यास गरिरहेको देश भारतको २ वटा लोकसभा श्रृखलाका चुनावका विजेता पार्टी भाजपा विश्वकै सर्वाधिक ठूलो राजनैतिक दल हो । सन् १९२१ मा चीनमा गठन भएको कम्यूनिष्ट पार्टी अफ चाईनालाई उछिनेको यस पार्टी आजको मितीमा विश्वको सर्वाधिक ठूलो राजनैतिक संगठन हो ।

सन् २०१५ मा ८८ करोड सदस्यता दर्ता भएको यस दल को सदस्यता सन् २०१४ सम्म केवल ३ करोड ५० लाख मात्र थियो । सन् १९८० मा अमित शाह र नरेन्द्र मोदीको यूगल नेतृत्वमा दर्ता भएको यस दलमा मोदीको जीत पछाडिका रणनितिहरु अमित शाहले नै तयस गर्दछन् । उत्तर प्रदेश, वेस्ट वंगाल, विहार लगायतका भाजपाका कमजोर ठाँउमा पनि जीत हुने गरि अमित शाहले कस्तो रणनिति बनाए त?
अहिले विश्व राजनितिका अब्बल खेलाडीहरु पनि छक्क छन् । चुनावी अभियानको अनुहार मोदी होलान् तर हरेक क्रियाकलाप र मुद्धाका दिमाग भनें अमित शाह नै हुन्, धेरै पत्रिका र मिडियाहरुले बताँउदै आएका छन् ।
गुजरातको साखेज बाट सन् १९९७, १९९८, २००२ र २००७ मा लगातार ४ पटक चुनाव जितेका शाह गुजरातकै नारायणपुराबाट सन् २०१२ मा एमपी पनि भएका हुन् । सोहराबुद्धिन शेखको हत्या अनि न्यायधिश लोयाको हत्याकाण्डमा कारागारमा समेत गएका शाह आफ्नो शक्ति र रणनितिका कारणले हरेक कोण अनि कारणबाट भाजपाका पितामह भइरहे । भनिन्छ पार्टीमा मोदीको भन्दा धेरै शाह को प्रभाव छ ।
गुजरातको गान्धीनगरबाट लालकृष्ण आडवाणी भन्दा धेरै क्रेजका साथ जितेका शाह सन् २०१४ को पनि चुनावी कुशलताका नेपथ्यका योजनाकार हुन् । वेस्ट वंगाल, उडिसा लगायतका ठाँउहरुमा भाजपाको कमजोर अवस्थितीलाई वलियो बनाउन यिनको योगदान अतुलनीय छ ।
यसवर्षको मोदीको चुनावी नारा मेरा बुथ सबसे मजबुत पनि शाह कै योजना हो । अमित शाह ५४ वर्षका भए, यस वर्ष पनि उनी क्लीएर र अनडिस्प्युटेड म्यान अफ द म्याच मानिएका छन् ।
सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...