Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

सगरमाथामा यसवर्ष गुमेका १० आरोहीहरु

१६ जेष्ठ २०७६, बिहीबार ०९:००

लोकप्रिय

एकजना वेलायती आरोहीले यसै शनिवार सगरमाथामा आफ्नो ईहलिला त्याग गरे, यसका साथै यसवर्ष सगरमाथामा मारिने आरोही हरुको संख्या १० पुगेको हो । सगरमाथाको चुचरो हरेक मानवले यस पृथ्वीमा बसेर कल्पना गर्ने सर्वाधिक उचाईको ठाँउ हो, सगरमाथा एउटा सपना हो अनि संस्कार र सभ्यता पनि ।

यस चुचरोलाई चुम्न हरेक वर्ष हजारौं पर्यटकहरु नेपाल आँउदछन्, चैत बैशाख र जेष्ठको प्रथम हप्तासम्मको समय आरोहणका लागि उपयूक्त मानिन्छ । एभरेस्ट परिवार ट्रेकका मुरारी शर्मा का अनुसार ८७०० मिटरमा शिखरबाट फर्कने क्रममा वेलायती रोविन ह्यानस फिशर मारिएका हुन् । शिखरबाट १५० मिटर मात्र तल झरेका यिनी एक्कासी ढले र शेर्पाहरुले सहयोग गर्नु अगावै यिन्को हृदयगती ठप्प भइसकेको थियो ।

उता वेलायती आरोही कम्पनी ३६० एक्सपीडिशनका अनुसार अर्का आरोही ५६ वर्षिय केभिन हाइन्स भनें शिखर चढ्न जाँदा बिच बाटो बाटै फर्कने क्रममा ७०० मिटरमा आफ्नै टेन्टमा मृत पाइए । उता हिमालयन एक्सटासी ट्रेकका अनिल भटराईका अनुसार हाइयर क्याम्पमा लेक लागेका नेपाली पथप्रर्दशक ध्रुव विष्ट हवाई उद्धार गरिने क्रममा नै मरेका हुन् । उनी केवल ३३ वर्षका थिए ।

यसै हप्ताको शुरुवातमा नै एकजना भारती पुरुष र दुई महिला आरोहीको मृत्यु भएको थियो । यस महिनाको शुरुवात मा नै एकजना भारतीय आरोही र एकजना अमेरिकी आरोहीको मृत्यु भएको थियो । तिव्वती मोहडाबाट आरोहण क्रममा एकजना अष्ट्रियन आरोहीको पनि मृत्यु भएको थियो । उता मे १६ देखि सगरमाथामा हराइरहेका आयरल्याण्डका आरोही सिमस ललेसलाई पनि मृत मानिएको हो तथापि उन्को शरीर भनें भेटिएको छैन । अक्सर सगरमाथाका सेताम्मे हिँउहरुमा आरोहीहरु हराउने गर्दछन् र धेरै समयपछि पार्थिव शरीरहरु भेटिने गर्दछ । सगरमाथामा अझै पनि सैयौं आरोहीका शवहरु हिँउसंग तैरिरहेका पाइन्छन् र ति शवहरुको उद्धार कार्य पनि जारी छ ।

यसवर्षको मे महिनाको २२ गते सगरमाथामा आरोहीहरुको लाइन नै लागेको थियो, संभवत सगरमाथाको आरोहण इतिहासमा यो सर्वाधिक व्यस्त दिन हो । चौंथो क्याम्पबाट शिखर सम्म पुग्न त्यस दिन निकै व्यस्त र जाम नै भएको थियो । नेपाली आरोही कामी रिता शेर्पा ले चाँही यसै वर्ष आफ्नो रेकर्ड आँफै तोडे, उनी यसै वर्ष २४ सौं पटक शिखर उक्लेर सकुशल फर्किए । गत वर्ष ५ जनाले ज्यान गुमाएको सगरमाथामा यस वर्ष १० जनाले ज्यान गुमाए ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा