Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

रवि लामिछाने लाई मलेसिया बाट पत्र

१४ जेष्ठ २०७६, मंगलवार १०:५५


प्रीय रवि लामिछाने दाजु!

तपाईं अष्ट्रेलिया घुम्न अथवा नेपाली (विद्यार्थी)हरुको समस्या सुन्न,बुझ्न जानुभएको थियो अथवा घुम्ने पनि अनि नेपालीहरुका समस्या सुन्ने दुवै हिसाबले अथवा अरु नै के हिसाबले जानुभएको थाहा भएन मलाई, तर यति भन्न चाहे मैले तपाईलाई कि उनीहरु(अष्ट्रेलियावालाहरु) विशुद्ध पढ्न गएका हुन कि काम गर्न गएका हुन?????यदि पढ्नै गएका हुन भने काम गरेर थाकेर मरियो,अथवा काम पाईएन,अथवा कामको प्रेसर र थकाईले गर्दा कलेज जान गार्‍हो भयो भनेर जुन अलाप बिलाप गर्दैछन, उनीहरुको दु:ख पीडा त सबैले सुनिदिन्छन, तर हामी जस्ता मलेसिया र खाडीमा नेपाल बाटै “म बेचिन समेत तयार छु महिनाको १६-१७०० रिंगेट/रियाल/दिराम मा भनेर हामीले हस्ताक्षर गरेरै आउदछौ,र यहाँनेर हामीले काम दिने कम्पनीले जस्तो भन्यो त्यो अनुसार ले काम गरेनौ भने त्यसपछिको नतिजा त मैले भन्नै पर्दैन,हामी काम मात्रै गर्न आएका मजदुरहरुले त काम पाईरहेका छैनौ,कति लात,कति बात अनि कति चोटि त बिना छत सुत्नुपरेको छ, हाम्रो समस्या कसलाई सुनाउने? embassy लाई फोन गर्यो उठाउदैन, नेपालमा बेचेर पठाउने म्यानपावर कम्पनी ले चिन्दैन, अब दु:ख्द कुरो त के भने,हामीले पठाकै रेमिटेन्सको भरमा हाम्रो देशको आर्थिक स्तर केही हदसम्म उकसेको छ तर त्यहीँ पैसा पठाएर देशको आर्थिक स्तर उकास्न मद्धत गर्ने हाम्रो समस्या अनि पीडा सुनिदिन न त सरकार नै छ,नत हामीले गर्दा नै पहिला सानो बाट पछि ठूलो भएका म्यानपावर कम्पनीका हरेकको गाडी चड्ने हैसियत सम्म हामीले गर्दा नै भएकाहरु आज हाम्रो समस्या सुन्नलाई एक मिनेट आफ्नो गाडी रोकेर कुरा सुन्न तयार छैनन् , आखिर हाम्रो लागि को छ त यहाँनेर ????? कतिसम्म भने हामी एक नेपाली ले अब त अर्को नेपाली लाई नै लुट्न, ठग्न अनि बेच्न थालिसक्यौं , मलेसिया र खाडी तिर पहिला नेपाली दाजुभाई देख्दा खुसी लाग्थ्यो , तर आजकल त डर लाग्ने गर्दछ कि हामी नेपाल बाटै पहिल्यै बेचेर आईसकेको मलाई कतै फेरि बेचिपो दिहाल्दछ कि भनेर……।
तर पनि हामी खुसी नै छौं किनकी हामी ३०-४० लाख तिरेर उनीहरुको जस्तो गरिब छैनौ, हामी १-२ लाख तिरेर खाडी मलेसिया पसेकाहरु सार्‍है धनी रैछौ….।

#जयनेपाल….।
Samyak Chaulagain

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग