
हरि लम्सालको प्रेम पत्र सार्बजनिक
४ मंसिर २०७५, मंगलवार २१:४८
संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द रचना नारायण गौतमको हो । रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचरमा रहेका छन । हरेक जोडीको मन छुने खालको उक्त गीत प्रेमी र प्रेमिका विचको भावना र उनीहरुको बाध्यता स्पष्ट चित्रण गर्न सफल देखिन्छ । माया गरिएको मान्छेको बारम्बार विभिन्न बहानामा यादहरु आउने कुरा दर्शाएको यो गीत प्रेम भावले पुर्ण छ ।
गीतमा स्कुलको जिवन तथा बालापनको याद समेत दिलाइएको छ । बाल्यकालका विभिन्न रमाइला पलहरुलाइ स्मरण गराएका छन जस्ले गीत निकै सुन्दर बनाएको छ । गीतलाई निर्देशन निसान कस्यपले गरेका हुन् । उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् । भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो । म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन, बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।
गित तलको Link बाट हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,