जनावर, चरा अनि जीवनका शिक्षाहरु, भागवत गीताबाट


भागवत गीतामा अदभूत ब्राहमणले राजा येतुसंग गरेको कुराकानी उदृत गरिएको छ । यो कुराकानी साह्रै सारगर्वित छन्, ब्राह्मणले राजा येतुलाई आफुले हरेक जनावर अनि चराहरु बाट केहि सिकेको र सिक्ने कुरा अभिव्यक्त गरेका छन् ।

शुरुमा सर्पको उदहारण दिँदै ब्राह्मणले गोमन सर्पको उदहारण दिन्छन्, यस सर्पले आफ्नो बाटोमा आउने कुराहरु खाने तर खानेकुराहरु खोज्दै बाटो तय नगर्ने बताँउदछन् । धेरै दिन सम्म सर्प खाना नखाईकन बस्न सक्ने र खानकीका लागि उति चिन्तीत नहुने पनि बताँउछन् । सर्पहरु खाना थोरै पाए पनि गुनासो नगरि बस्न सक्ने बताँउदछन् ।

माहुरीको उदहारणमा माहुरीहरु एउटा मात्र फुलको रस लिएर चुप नबस्ने उदहारण आँउदछ, माहुरीहरु फूल फूल घुमिरन्छन् र फूलका परागकणहरु जम्मा पारिरहन्छन् । साधुहरुले पनि माहुरीहरुबाट बिभिन्न श्रोतहरुवाट ज्ञान लिने र ज्ञान आर्जनको विषयमा कहिलेपनि चुप लाग्ने र थकान नमान्ने कुराहरु सिक्न पर्दछ, ब्राह्मणले बताँउदछन् ।

माहुरीहरुले दिनभरि र महिनौं लगाएर जम्मा पारेको महलाई पनि मान्छेहरुले पछि अधिग्रहण गरिदिन्छन् । तर पनि माहुरी यस यथार्थबाट वाकित भएर पनि फूलको रसहरु जम्मा पार्न छाड्दैनन, साधुहरुले पनि आफ्नो ज्ञान र खोजिलाई निरन्तरता दिनु जरुरी हुन्छ ।
माहुरीहरुको परिश्रमलाई जीवनसंग पनि तुलना गरिन्छ, जीवनमा पनि हामीले मेहनत गरेका कुराहरु विशेषत धन,। सम्पती अन्तत्वोगत्वा अरु नै कसैले भोग गर्दछन् तसर्थ सम्पती र शक्ति भन्दा पनि ज्ञान र परमात्माको खोजिमा लागि पर्न सबैलाई आव्हान गर्दछन् ।

माछाहरु पनि माझीको बल्छीमा भएको गड्यौंलाको स्वादमा मख्ख पर्दछन् र त्यसतर्फ उन्मत्त भई लाग्दछन् । तर त्यसै लालसाले यिनीहरुको ज्यान लिन्छ र पानीवाट सोझै थालमा पर्दछन । तसर्थ साधुहरुले पनि माछाबाट आफ्नो स्वादर रुची भन्दा माथि उठ्न सक्नुपर्दछ भन्ने ज्ञान पाँउदछन् । धेरै स्वाद र रुचीको पछि लागे हामी माछाको झैं नियतिमा पर्दछौं भन्ने तथ्य जगजाहेर छ ।
चिलले पनि मासुको टुक्रो लिएर रुखको टोड्कामा लिएर जान्छ र बस्छ । तर जब चिलभन्दा ठूलो चराले उक्त शिकार देख्दछ तब चिलले उक्त शिकार छाडेर भाग्नुपर्ने हुन्छ । । यसबाट के बुझिन्छ भनें चाहनाले चिन्ता र असन्तुष्टि मात्र निम्त्याँउदछ ।
मान्छे र जनावरको जीवनको परिवेश उस्तै उस्तै हुन्छ, मान्छे चेतनशील त छ तर जनावर जतिको शान्त र प्रकृति निकट भनें छैन, भागवतको किस्सा आजलाई यति नै ।

सुयोग ढकाल


Loading comments...