यम बुद्धको जन्मदिन


जित्नु ठुला कुरा हैन
प्रयास गर्नु ठूलो कुरा हो

नहोला सँगै आज त र म
तर तेरो संझना यो मनमा छ
साथ छोड्ने छैन भन्थौ कहिले
तर साथी निकै एक्लो छु अहिले

यी आशालाग्दा अनि प्रेममयी वाक्याशंहरु यमबुद्ध अर्थात अनिल अधिकारीका र्‍यापबाट साभार गरिएको हो । झम्सीखेल काठमाडौ को भित्रपटी नेपाली सेनाको प्रमुख बस्ने स्थानको मुख्य द्धारभन्दा अलिक पर अहिले एउटा मार्ट भएको ठाँउमा सन् २००८ ताका एउटा पोर्चुगिज रेष्टुरेन्ट थियो, पेरि पेरि नाम गरेको । त्यही रेष्टुरेन्टको हातामा हुने गर्दथ्यो, र्‍याप ब्याटल । यिनै यम बुद्ध लगायतका केही अग्रज र्‍यापरहरुले यो प्रथाको शुरु गरे अनि र्‍याप अर्थात एउटा नयाँ खाल्को लयात्मक दोहोरी शुरु भयो । पछी त्यो ब्याटलका भिडियोहरुले यू ट्यूबमा पनि निकै चर्चा कमयो, केही अन्य कलाकारहरु वालेनस यूनिक पोयट अनि थुप्रै प्रतिभावान नामहरु जोडीन पुगे ।

यो पंक्तिकार पनि गोडा दुई र्‍याप ब्याटलमा सहभागी भएको छ, खतरा हुन्थ्यो यो जमात । शब्दको रेस्लिगं जस्तो, वाद विवाद अनि शाब्दीक झगडा तर रमाईलो । केही अश्लिल कुराहरु पनि समावेश हुन्थे ति शब्दहरुमा तर यूवा पुस्तालाई पाच्य थियो । यम बुद्धलाइै उत्ति धेरै र्‍याप ब्याटलमै उत्रेको भन्दा पनि रेकर्डेड गीत अनि र्याप मार्फत धेरै चिनियो, साथी वोलको गीतले त एकफेर नेपाल हल्लाएको थियो ।

आज तिनै यमको जन्मदिन तर दुर्भाग्य अबका वर्ष उन्को जीवनवर्षमा जोडिने छैनन, उनले संसार छाडेको नै २ वर्ष पुरा भइसकेको छ । ३० मे १९८८७ मा धनकुटाको लेगुवामा जन्मिएका अनिल अधिकारी र्‍याप अनि हिपहप संगीतमा रुची राख्थे, आफ्नो नाममा बुद्ध जोडेर यम वुद्ध भएका यिन्ले २०१७ जनवरीको १४ तारीखमा वेलायतको लन्डनमा आत्महत्या गरे भन्ने सुनियो, शुरुमा त यो खबर झुठो हो भनेर हामीमध्य धेरैलाई पत्यार लागेन तर सत्य त्यही थियो । सुप्रसिद्ध अंग्रेजी संगीतकर्मीहरु कर्ट कबिन, जिम मोरिसन्, एमी वाईनहाउस जस्ताहरुले आफ्नो अत्यन्त चर्चा अनि नामका वावजुत पनि २७ वर्षमा आत्मदाह गरेका छन्, यस्ता करिब आधादर्जन भन्दा धेरै नामले क्लब २७ भन्ने एउटा सर्जकको श्रदाञ्जलीजस्तो भनाईहरु संसारभरि लिईने गर्दछ ।

नेपालमा विभिन्न सांगीतिक कार्यक्रम अनि उत्सवहरुमा सामान्य पहिरनमा हातमा छड्के माईक लिएर उभिन्थे, यूवा जमात कराउथे, यम बुद्ध भन्दै । उनिसँगै उन्का गीतहरु गाँउथे, माहौल बनाउने सरल मान्छे थिए यम बुद्ध । चेलीवबटी बेचबिखनका विरुद्ध उन्ले तैयार गरेको गीत अनि त्यस्को मनैछुने भिडियो, यम बुद्धले एकहिसाबमा अरुहरुको पीडालाई घोलेर गीत गाए तर आखिर कस्तो पीडा थियो उन्मा कि अन्तमा आफैले आफूलाई सकाईदिए ?

यम हामी माझ छैनन् तर उन्का गीतले हामीलाई यम याद दिलाइरहन्छन् । ह्याप्पी वर्थ डे नभएपनि संझना स्वरुप यम वुद्धलाई हामी सबैको तर्फबाट ।


सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...