जीवनका नियमहरुः शास्त्रार्थ


जीवन अनि यस्का नियमहरु बारे धेरै दर्शनहरु, तर्कहरु अनि विवादहरु पाइन्छ । वडो विषयगत अनि व्यक्तिगत अनुभव र चेतनाका आधारमा जीवन नियमका आयामहरु निकै ब्याख्या भएका छन् तथापि आज हामी सर्वमान्य नियमहरु ल्याउन चाहन्छौं । जीवनको मुख्य नियम भनेंकै परिवर्तन हो, आज भोली र हिजोको फरक नै जीवनको आधार हो र यहि फरक नै जीवनको नियम पनि हो । आजको स्थानमा उभिएर हिजोको कुराहरुमा मात्र केन्द्रित गर्नेहरुलाई भविष्यको पथहरुले उति साथ नदिन सक्दछ र हिजोको कुराहरु भुलेर भोलीमा मात्र केन्द्रित हुनेहरु पनि हिजोको गल्ति फेरि दोहोर्याउन सक्ने अवस्थामा पुग्न सक्छन् । हिजो, आज र भोलीलाई सन्तुलनमा राख्न सक्नु पनि जीवन हो यस अर्थमा सन्तुलन जीवनको अर्को नियम हो ।
स्वास्थले बिरामीलाई पनि स्थान दिएको हुन्छ, यथेष्टले गरिबीलाई पनि स्थान दिएको हुन्छ, आनन्दले पीडालाई पनि स्थान दिएको हुन्छ । यहाँ हरेक कुराका दुबै गतिशिल पक्षहरुको संभावना बरावर छ तसर्थ सन्तुलन नै जीवनको कडी हो । सन्तुलनमा रहि परिवर्तन स्वीकार गर्न सक्नु नै जीवन त हैन ?

प्रतिरोध हैन प्रयास
गीतामा पनि भनिएको पाइन्छ कि यस जीवनमा हुने र भएका सबै कुराहरु बिनाकारण हुँदैनन र यि सबै कुराहरु पहिल्यै नै तय गरिएको हुन्छ । कहिलेकाँही त मलाई जीवनका हरेक आरोह अवरोहहरु कुनै कमप्यूटर प्रोग्रामका कोडिंगहरु झैं लाग्छ । जे हुन्छ त्यो भएको कुरा नै सर्वाधिक उत्कृष्ट हुन सक्ने कुरा थियो तसर्थ जीवनका घटनाक्रममा प्रतिरोध हैन त्यसमा उत्कृष्ट भूमिका निर्वाह गर्न प्रयास गर भन्ने श्रीकृष्णको वचनका रुपमा भागवत गीता सारमा पनि पाइन्छ । कर्ममा केन्द्र राख्दै फललाई गौंण कुराका रुपमा भागवतमा ब्याख्या गरिएको छ ।

शुरुवातको कुनै सिमा छैन
कुनै कुरा जुनसुकै समय या कालमा शुरु भएको किन नहोस्, ढिला कहिले हुन्न । जीवनमा हामी ढिला, चाँडो र प्रतिस्पर्धाको दौडमा हुन्छौं तथापि जीवनको नियममा शुरुवातको क्रममा ढिला भनें नहुने बताइन्छ । यहाँ हरेक शुरुवातकर्तालाई विजयी मानिन्छ र केहि गर्न चाहनुहुन्छ या शुरु गर्दै हुनुहुन्छ भनें कर्मको फलिफाप सदैव राम्रो हुनेछ । समयको पावन्दी भन्दा कर्मको महत्व धेरै छ ।

अन्त भनेंको अन्त हो
केहि कुरा अन्त भयो भनेंर हामी पश्चाताप र बिरह गर्दछौं तर जीवनको नियममा अन्तलाई प्रक्रियागत कुरामा राखेर अघि बढ्न सन्देश दिइन्छ । समबन्ध, जीवन, श्वाँस या सम्पती नै पनि अन्त हुनसक्छ, अन्त आँफैंमा नयाँ शुरुवात हो ।

यो जीवन एउटा सर्वोत्कृष्ट लेखान्त हो, यहाँ भेटिने मान्छेहरु देखि छुटिने मान्छेहरु सम्म पनि एउटा लेखान्तका अशंहरु हुन् । जे हुन्छ सबैका आआफ्नै कारण छन्, लेखिएको छ अनि भोगिनु पर्दछ । जीवन अमुल्य अनि सर्वश्रेष्ठ छ र यस्लाई धनसम्पती आर्जनभन्दा माथि ज्ञान अनि अनुभव आर्जनमा पनि खर्च गरौं ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...