भीष्म र युधिष्ठिरको अन्तिम कुराकानीः महाभारत कथा


कुरुक्षेत्रको युद्ध सकिएको छ, भीष्म पितामह वाणहरुको शैयामा लडिरहेका छन् । आफ्नै प्राणप्रिय अर्जुनको प्रहारबाट उनी लडेका हुन्, ईच्छा मृत्युका वरदान पाएका उनी आफ्नै ईच्छाले मात्र देहत्याग गर्न सक्नेछन् । भिष्मपितामह उत्तरायण तिथीको प्रतिक्षामा जीवनत्याग गर्ने सोचमा छन्, युधिष्ठिरलाई कृष्णले भिष्मपितामहको आशिष लिन आग्रह गर्दछन् । कृष्णका अनुसार अुर्जनका लागि पितासमानका सबैभन्दा ठूला र आदरणीय भीष्म पितामह नै हुन् ।

भिष्मको युधिष्ठिरलाई दिइएको दिव्य ज्ञान महाभारतको अनुस्सना पर्वमा रहेको छ । निकै बेर जीजन ज्ञान र धर्मका विषयमा वाणको शैयामा रहेका भीष्म संग युधिष्ठिरको वार्ता हुन्छ । युधिष्ठिरले भीष्म पितामहलाई विश्वमा सर्वाधिक ठुलो पुण्य कमाउने धर्म हुन हो भनी प्रश्न गर्दछन् । आज भीष्म पितामहको उत्तर यहाँ प्रस्तुत गर्न चाह्यौं ।

भीष्म पितामहले भगवान कृष्ण नै सबैभन्दा ठुलो धर्म रहेको बताँउदछन् ।
बिष्णु सशस्त्रानामका बिष्णुका नामहरु उच्चारण गर्दै भीष्म पितामहले युधिष्ठिरलाई बिष्णुका अवतार कृष्णलाई नै सर्वाधिक ठूला धर्म, पुण्य, मोक्ष अनि भगवानतत्वका रुपमा ब्याख्या गर्दछन् । कृष्णलाई यहाँनेर नाम भन्दा पनि विशेषण र बिष्णुनिकट गुण र अवतारका रुपमा लिइन जरुरी रहन्छ । कृष्ण एउटा मान्छे या चरित्र मात्र नभएर गुणहरु हुन्, कृष्णका गुणहरु सर्वोच्च मानवताका दृष्टान्त हुन् ।
युधिष्ठिरले सोधेको एउटा प्रश्न यहाँ प्रस्तुत छ ।

उनी प्रश्न गर्दछन् कि के कुनै परिस्थितीका लागि राजा जिम्मेवार हुन्छन् या समयले राजालाई अवस्था अनुसार बनाँउदछ ? महाभारतको युद्ध र नरसंहरको प्रतिउत्तरमा धर्मराज युधिष्ठिरले यस प्रश्न सोधेका हुन् । यहाँनेर भीष्मपितामहले निसंकोच महाभारतको सम्पूर्ण अवस्थाका लागि समयलाई नभई राजालाई दोष दिन्छन् । राजा र नेतृत्वको असमर्थताले नरसंहार र बिनाश निम्त्याउने संभवनाको दिशा भिष्मका अन्तिम शब्दहरुमा छन् । महाभारतको शान्ति पर्वको ६९ र ७० मा पढ्न सकिन्छ । नेपालमा पनि नेतृत्वका यथेष्ट कमजोरी र लालसाहरु छन्, के हामी समृद्ध हुनलाई नागरीक चेतनाका साथसाथै नेतृत्व चेतना पनि उतिकै आवश्यक छ भनी महाभारतले उदृत गर्दछ त ?
सहि नेतृत्व जीवनका हरेक पलमा आवश्यक रहन्छ । बिकास र बिनाश नेतृत्व र आत्मसाथ गरेको दर्शनको प्रतिफल हो ।


Loading comments...