
रानी ऐश्वर्यको पहिलो जनपत्र
काठमाण्डौ १९, जेठ । प्राय: हराई नै सकेका, दुर्लभ तथा अमूल्य अनुहारहरुको जीवनी लेखेर भावी पुस्ताका लागि जानकारी र प्रेरणा दिने गीतकार, निबन्धकार, जीवनीकार, कोशकार, सम्पादक तथा साहित्यिक सङ्ठनका अग्रणीको नाम हो- आदरणीय नरेन्द्रराज प्रसाई ।
रानी एश्वर्यले ‘चाँदनी शाह’को नामबाट नरेन्द्रराज प्रसाईलाई २०४३ श्रावण १ गते राजदरबारबाट पत्र पठाउनु भएको रहेछ । सो पत्र प्रसाईले “लाइभमाण्डू”लाई उपलब्ध गराउनु भएकोमा हामी कृतज्ञ बनेका छौं ।
जेठ १९ को कालो रातमा हत्या गरिएकी रानी ऐश्वर्यको काव्यात्मक नाम ‘चाँदनी शाह’ धेरैले युगौंयुग सम्झिरहने छन् ।
प्रस्तुत छ रानी ऐश्वर्यले आफ्नो निजी प्याडमा आफैले नै टाइफ गरेर नरेन्द्रराज प्रसाईलाई पठाउनु भएको पत्र जस्ताको तस्तैः
श्रावण १, २०४३
श्री नरेन्द्र राज प्रसाई,
बुद्ध मन्दिर, घट्टेकुलो,
डिल्ली बजार, काठमाडौं ।
मैले जानीनजानी कोरेका शब्दहरुको संकलन गरेर, विभिन्न समालोचक, साहित्यकार, लेखक तथा कविहरुको अभिव्यक्ति र सुझाव समेत संकलन तथा सम्पादन गरेर जनसमक्ष प्रकाशित गराइदिनु भएकोमा म धन्यवाद व्यक्त गर्न चाहन्छु । यसै गरी तपाई मार्फत ‘चाँदनी शाह : आफ्नै आकाश आफ्नै परिवेश’ मा आफ्नो अभिव्यक्ति दिनुहुने सबै महानुभाव समक्ष पनि मेरो धन्यवाद पुर्याइदिन अनुरोध गर्दछु ।
(चाँदनी शाह)

