धमिलो जेष्ठ १९


नारायणहिटी राजदरबारमा आजभन्दा १७ बर्षअघि जेष्ठ १९ मा जे भयो त्यसले अझै पनि धेरै प्रश्नहरु अनुत्तरित बनाएर गएको छ। आखिर के थियो त त्यहाँरु के भयो त त्यहाँ अनि झण्डै २ दशक हुनआँट्दा सत्यतथ्य हामीलाई थाहा छ त ?

दुई ढुगांबीचको तरुल नेपाल ऐतिहासिक समयबाटै असहज अनि बिषम परिस्थितीको शिकार भएको छ, नेपालीहरुले २ शक्ति केन्द्र बिचमा हुँदाका मुल्य बिभिन्न स्वरुप र प्रकरका तिरेकै छन् । नेपाली नेतृत्व सदैव यी शक्तिकेन्द्रका खतरामा रहेको पनि बताइन्छ, गोहीको बिचमा भएको माछा झैं ।

अमुक श्रोतले एकफेर बताए, हरेक पटक देशमा अफ्ठेरो पर्न आँट्दा राजाको मृत्युले देशलाई जोगाएको छ भनेंर, आधिकारीक तथ्य नहुन सक्छ न त आधिकारिक व्यक्तिले नै भनेका हुन तर केही थोपा सत्यता नभएका हैनन् । नेपाली राजपरिवारमा सदैव रहस्यको पर्दाभित्र जन्म अनि मृत्यू भएको छ ।

भाईभारदारहरुको मृत्यु पनि धेरै त्यस्तै गरि भएको नभएको हैन तथापि राजपरिवारमा यस्ता तवरहरु धेरै पाइन्छ । राजा महेन्द्रको मृत्युका तथ्य अनि प्रवृति उस्तै रहस्यमयी रहेको बताइन्छ त्यसपछि उनका जेष्ठ पुत्र र उनका वशं नै नाश पारियो, यसको रहस्यको गाँठो शायद अब कहिल्यै खुल्नेछैन् । हुन त भिमसेन थापा, गगनसिंह खवास हुँदै मदन भण्डारी लगायत अन्य थुप्रै राष्टप्रेमी अनि संभावना बोकेका व्यक्तिहरु नेपालले रहस्मयी तवरले गुमाइसकेको छ ।

सम्बोधन तिमीलाई गर्दैछु म , सिकेका ति सबै रागहरुले भन्ने गीतमा एउटा समर्पण रहेको छ । राजपरिवार का सदस्यहरुको सामुहिक बिभत्स हत्या पछिको रहस्य अनि नेपालीहरुको राजपरिवार प्रतिको सदभावना यस गीतमा रहेको छ । दरबार हत्याकाण्ड भएको वर्ष जेष्ठ १९ शुक्रबार परेको थियो र आज १७ वर्षपछि शनिबारका दिन जेष्ठ १९ आएको छ ।

जेष्ठ १९ अपत्यारिलो गरि घट्यो, टिभीरेडियो सबै शोक ध्वनी बजाउन थाले अनि क्रमश एकएक गर्दै मृत्यूका खबरहरु आउन थाले ।
लग्न चाहयौ, आजभन्दा १७ वर्षअगाडी । हामीमध्य कतिपय सानै थियौ र कतिपयलाई धमिलो याद मात्रै होला पनि । त्रासदिपूर्ण त्यस दिनमा रेडियो र टिभीले बजाएका शोकध्वनी र पशुपतिको स्थिर चित्र अझै पनि धेरैलाई याद छ । एन्टीना घुमाईघुमाई भारतको दुरदर्शन र आज तक च्यानल हेरेपछि खबर पाएका हामी आम नेपालीको त्यसदिन वास्तवमै त्रासदिमय भएको हो । आज घुमिफिरि १७ वर्ष भएको छ । ईतिहास लेखिएको छ वा लेख्न बाँकी छ थाहाछैन तर तारानाथ रानाभाट अध्यक्ष रहेका छानविन समितीको भटट रिपोर्ट अनि फितलो उत्तर हामीमध्य धेरैलाई याद छ । कसले मार्यो त ? राजदरबारका सदस्यहरुको रगतले सोधेको प्रश्नको जवाफ अझैपनि नेपालले खोज््न सकेन ।

राष्ट्राअध्यक्ष  को सपरिवार हत्या हुँदा पनि हत्याराको धमिलो त्यान्द्रोपनि पाउन नसकेको हाम्रो देशमा सामान्य नागरीकले न्याय र सुशाषन को सपना देख्नु कत्तिको जायज छ त ? गतवर्ष थाईल्याण्डमा राजा भुमिबोलको मृत्यु हुँदा सम्पूर्ण थाई जनताले शोक मनाए, रेल देखि सिनेमा हलसम्म ३ महिना भरि राजाका तस्वीर अनि भिडियोहरु प्रर्दशन गरिए, काला र सेता कपडामा मात्र धेरै नागरीकहरु हिँडे ।

रहस्यमयी तवरले हत्यापछि अन्तमा मृत घोषणा गरियो, तत्कालिन युवराज दिपेन्द्रलाई । पछि हत्यारा करार पनि यिनैलाई दिइयो, कतिलाई यो तथ्य पच्यो अनि कतिलाई पचेन, सत्य लुकेकै छ । नेपाली सामाजिक सञ्जालमा अहिले पनि सबैभन्दा धेरै शेयर, लाइक्स गरिने तस्वीरमा राजा बिरेन्द्रको परिवारको तस्बीर पर्दछ, हैन ररु आज जेष्ठ १९ पून छाउनेछ यी तस्वीर अनि श्रद्धासुमनहरु तर सत्य अझै धमीलो छ ।

२०५९ जेष्ठ १९ बाट आजसम्म आइपुग्दा यी १७ वर्षमा नेपालमा माओवादी द्धन्दले उधुम मचायो, शान्तिस्थापना भयो, लोकतन्त्र आयो अनि गणतन्त्र आयो । उता संगसंगै आयो धर्मनिरपेक्षता जुन शायद राजपरिवार या राजतन्त्र रहेको भए आउन असंभव थियो । कतै स्वर्गिय गिरिजाले भनेका ग्राण्ड डिजाइन अझै पनि स्वचालित भइरहेको त छैन ?

हामी नेपालीहरु १७ वर्ष सम्म पनि अपुष्ट कारणका आधारमा राजपरिवारको घटना को कारण ब्याख्या गरिरहेका छौ । विदेशी अनि स्वदेशी चलचित्रकर्मीहरुले यसै घटनाका आधारमा चलचित्र अनि उपन्यास को परिकल्पना गरेका छन् । वास्तवमा भन्ने हो भने नेपाली राजनैतिक परिदृश्यको द्रुतगतीमा परिवर्तन शुरुभएको आज भन्दा १७ वर्षअगाडी जेष्ठ १९ बाटै हो । राजगद्धी खाली भएन तर त्यसपछिका दिनहरु अनि शाषकका कदमहरुले नै राजगद्धीलाई छोटो समयमै सँग्राहलयसम्म ल्याईपूर्याएको छ ।

राजपरिवारको वशंनास आधुनिक यूगको विश्वमा संभवत पहिलो घटना हो । विश्व समुदायको मौनता पनि गज्जबको थियो, आजसम्म पनि सत्य मौनता भित्र लुकेको छ ।
आत्माहरुले चीर शान्ती पाउन् ।

सुयोग ढकाल


Loading comments...